मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
काठमाडौं- जिल्ला प्रशासन कार्यालयमा मुद्दा विचाराधिन रहेकै अवस्थामा न्यूरोडस्थित कर्नर ताजा गुँदपाक भण्डारका सञ्चालकले पसल खोलेर गुँदपाक बिक्री गरेका छन् ।

अखाद्य पदार्थ मिसाएर गुँदपाक बिक्री गरेको अभियोगमा गत भदौदेखि उक्त भण्डारलाई बिक्री गर्न रोक लगाइएको थियो । पसल खोलेपछि स्थानीयले खाद्य विभागमा जानकारी दिएका थिए ।
खाद्य ऐन तथा कालोबजारी ऐनअन्तर्गत भण्डारका सञ्चालकद्वय मदनबाबा मास्के र छोरा मनेन्द्रलालविरुद्ध दायर मुद्दाको किनारा लागिसकेको छैन ।
तपाईको प्रतिक्रिया