मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
काठमाडौं- बहुदल हुँदै गणतन्त्रसम्म पनि छवि जोगाइराखेका उद्योग राज्यमन्त्री खोबारी राय बुधबार राति दुई नाङ्गा युवतीसहित ठमेलमा भेटिएका छन् ।
ठमेलको एक होटलमा दुई नाङ्गा युवतीसहित पुगेका उनले ‘…लाई भन्दा देख्नेलाई लाज’ भनेजस्तै बनाए । साँझ ८ बजे सरकारी झण्डावाल गाडीमा ठमेलको त्रिदेवीमार्गबाट भित्र छिरेका थिए उनी ।
ककटेल क्याफे एण्ड पब तथा थकाली भान्छा घर अगाडीको सडक पारिपट्टी रोकिएको बा १ झ ८६८८ नम्बरको झण्डावाल गाडीबाट मन्त्री रायसँगै दुई जना किशोरी पनि निस्किएका थिए ।
दीपक मनाङ्गे र चक्रे मिलन आफ्नो साथी भएको बताउँदै भित्र पसेका उनले ती युवतीका संवेदशनशील अंग चलानुका साथै घरिघरि चुम्बन गर्ने गरेका थिए ।
क्याफेमा करिव डेढ घण्टा बिताएका राज्यमन्त्रीसहितका ६ जनाले ‘भ्याट ६९’ फुल बोतल सकेका थिए । मदिरा सहित चिकेन चिल्ली, सेकुवा, रोष्ट, चिकेन सिजलर, सुप आदिको बील करिव २० हजार उठेको वताइएको छ ।
तपाईको प्रतिक्रिया