मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद् प्रदिप गिरीले थप गरीएको समयमा संविधान निर्माण हुन नसक्ने भएकोले संविधानसभा भंग हुने ठोकुवा गर्नुभएको छ ।
विराटनगरमा आयोजित कार्यक्रममा नेता गिरीले प्रमुख दलका नेताहरुको काम गराई र ब्यवहारले आउंदो जेठ १४ गतेभित्र संविधान निर्माण हुन नसक्ने र त्यसपछि संविधानसभा भंग भई बाबुराम भट्टराईकै नेतृत्वको सरकारले निर्वाचन गराउने बताउनुभएको हो ।
उहाँले नेताहरुमा महत्वकांक्षा , सत्ता संघर्ष र खुद्रा विषयमा विवाद गर्ने प्रवृती रहेकोले शान्ति प्रकृया र संविधान निर्माण नहुने दावी गर्नुभयो । उहांले अझैपनि नागरिक समाजले बाँकी समयमा संविधान देऊ नत्र बहाना बनाएर भ्याद नथप भनेर दवाव र खवरदारी गर्नसके संविधान निर्माण हुनसक्ने थोरै आशा रहेको उल्लेख गर्नुृभयो ।
संविधान निर्माण गर्न प्रचण्ड र बाबुराम सक्रिय देखिएपनि अहिलेको दलहरुमा आन्तरिक कलह, अन्तर पार्टी विवादका कारण संविधान निर्माण भएपनि निर्विवाद संविधान निर्माण नहुने नेता गिरीले जिकिर गर्नुभयो ।
नेता गिरीले भातृसंगठन विघठन गरेर सभापती शुशिल कोइरालाले पार्टीमा सर्वसत्तावाद लादेको ठोकुवा गर्दै यस्ता कार्यले सभापती कोइरालाले पार्टीलाई एकढिक्का पारेर लैजान नसक्ने  समेत बताउनुभयो ।
तपाईको प्रतिक्रिया