मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
विराटनगर-पुर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजता कोइरालाले एकिकृत माओवादीले नै शान्ति प्रकृया टुंगो नलगाउन ठुलो खेल खेलीरहेको बताउनु भएको छ ।
प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा नेतृ कोइरालाले  शान्ति प्रकृयालाई अड्काई आफ्नै पार्टीको नेतृत्वको सरकार लम्ब्याइ मुलुकलाई यथास्थितीमा राखीरहन माओवादीले ठुलो षड्यन्त्र गरीरहेको आरोप लगाउनु भएको हो ।
उहांले कांग्रेस र एमाले लगायतका पार्टीहरुले शान्ति प्रकृया टुंगो नलागेसम्म संविधान निर्माण हुन नदिने भएकोले माओवादीको षड्यन्त्र तुहीने समेत दावी गर्नुभयो ।
नेतृ कोइरालाले शुशिल कोइरालाको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार निर्माण भए शान्ति प्रकृया टुंगो लागी संविधान निर्माण हुने ठोकुवा गर्नुभयो । बाबुराम भट्टराईको सरकार पनि असफल भइसकेको र शुशिल कोइरालालाई एमाले , कांग्रेस लगायतका विभिन्न दलहरुले समेत प्रधानमन्त्री बन्न भनिरहेकोले उहां बने निर्धारित समयमा मुलुकले संविधान पाउने विश्वास ब्यक्त गर्नुभयो ।
नेतृ कोइरालाले कारागारमा रहेका कैदी बन्दीहरुको हत्या हुनुले शान्ति सुरक्षाको स्थिती अत्यन्तै नाजुक रहेको र जसका कारण मुलुकमा कुटनैतिक ब्यक्तिहरुले समेत नेपाल भ्रमण स्थगित गर्न थालेकोले गृहमन्त्रीले तत्काल राजनीमा दिनुपर्नेमा जोड दिनुभयो ।
थप गरीएको समयमापनि संविधान निर्माण हुन नसके जनताको ताजा जनमत लिए उचित हुने बताउंदै कोइरालाले तर निर्वाचनमा जांदापनि शान्ति प्रकृया टुंगो लगाउनुपर्ने जिकीर गर्नुभयो ।
तपाईको प्रतिक्रिया