Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौं– चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमण सुरक्षाका कारण स्थगित भएको खुलासा भएको छ ।
चिनियाँ दूतावास स्रोतका अनुसार परिवर्तन हुने तयारीमा रहेको सरकारले सुरक्षा दिन नसक्ने विश्लेषण गर्दै चिनियाँ प्रधानमन्त्रीले काठमाडौं आउने कार्यक्रम स्थगित गरेका थिए ।
‘तिब्बती शरणार्थीले वेनको अपमान गर्ने गरी प्रदर्शन गर्ने तयारी गरेका थिए,’ स्रोत भन्छ, ‘सरकारले रोक्न सक्ने अवस्था देखिएन ।’ वेनले डिसेम्बर २० (हिजो मंगलबारदेखि) नेपाल भ्रमण गर्ने तयारी गरेका थिए, जुन एक साताअघि आन्तरिक कारण देखाउँदै स्थगित भएको थियो ।
यसैबीच वेनलाई सुरक्षा प्रत्याभूति दिन उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदार चीन जाने भएका छन् । १५–३० दिनभित्रै प्रधानमन्त्रीले बेइजिङ जाने तयारी गरेका हुन् ।
वेनको भ्रमण रोकिएपछि चिनियाँ राजदूत याङ होउलानले गच्छदारलाई चीन भ्रमणको निम्तो दिएका थिए । लामो समय भ्रमण निम्तो स्वीकार नगरेका गच्छदारले यसै साता जाने वचन दिएका छन् ।
तपाईको प्रतिक्रिया