सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024
काठमाडौं- संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिले राजदुत नियुक्ती र संविधान संसोधनका विषयमा सहमति जुटाएको छ । आइतबार बिहान सिंहदरबारमा बसेको बैठकमा नेपाली राजदूत तथा विशेष प्रतिनिधी नियुक्त गर्दा समानुपातिक समावेशी सिद्धान्तको आधारमा गर्ने र यसलाई मौलिक हकको व्याख्यात्मक टिप्पणीमा राख्ने सहमति भएको श्रोतले बताएको छ ।
उपसमितिमा छलफल गरेका विषय संवैधानिक समितिमा लगेर सहमति गरेपछि मात्रै सार्वजनिक गर्ने नेताहरुले बताएका छन् । यस्तै संविधान संसोधनको विषयलाई राज्य पुनर्संरचनाको विवादित विषयमा छलफल गर्दा त्यसैमा समावेश गर्ने सहमति पनि भएको छ । यसअघि संविधान संसोधन गर्दा बहुमत प्रदेशको प्रस्ताव मान्ने कि बहुमत जनसंख्या भएका प्रदेशको प्रस्ताव मान्ने भन्ने विषयमा दलहरुबीच विवाद थियो ।
उपसमितिको बैठकमा सहभागी नेताहरुले भने आज सहमति भएका विषय सार्वजनिक गरेका छैनन् । उपसमिति संयोजक माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज छलफल गरेका विषय संवैधानिक समितिमा लगेर सहमति गरेपछि मात्रै सार्वजनिक गरिने बताउनुभयो ।
संविधान लेखनका विवाद समाधान गर्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा गठित उपसमितिले हालसम्म १ सय ९४ विवाद टुङ्ग्याएको छ । अव दलहरुबीच १४ विषयमा सहमति जुट्न बाँकी छ ।
तपाईको प्रतिक्रिया