सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024
काठमाडौं– नेपाली कांग्रेसले भरतपुर कारागारमा भएको आक्रमणका कारण निधन भएका तरुण दल चितवनका अध्यक्ष शिव पौडेललाई शहीद घोषणा नगर्दासम्म बिरोधका कार्यक्रम स्थगित नगर्ने अडान लिएको छ । पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगंजमा आइतबार बिहान बसेको पदाधिकारी बैठकले शहीद घोषणा नहुँदासम्म शव नबुझ्ने निर्णय गरेको नेता कृष्णचन्द्र नेपालीले जानकारी दिनुभयो ।
सरकारले पौडेलमाथिको आक्रमणको घटनाबारे छानबिन गर्न न्यायिक आयोग गठन र मृतकको परिवारलाई १० लाख रुपैंया दिने निर्णय गरेपनि शहीद घोषणाको माग पनि सम्बोधन हुनुपर्ने कांग्रेसको अडान छ ।
तपाईको प्रतिक्रिया