काठमाडौं– वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले डिजेल तथा मट्टितेलको मूल्य वृद्धि गरेको २४ घन्टा नपुग्दै पुनःपेट्रोल तथा खाना पकाउने (एलपी) ग्यासको मूल्य बढ्ने बताउनुभएको छ ।
शनिबारमात्रै नेपाल आयल निगम सञ्चालक समितिको बैठकले उद्योगलाई डिजेलमा पुरानो दरमा रु १८.९१ वृद्धि गरी रु ९५ मा र मट्टतिेलमा पुरानो मूल्य रु ७६ मा रु ७.१२ वृद्धि गरी रु ८४ मा बिक्री गर्ने प्रबन्ध मिलाएको थियो ।
उक्त निर्णय भएको २४ घन्टा बित्न नपाउदै पुनःपेट्रोल तथा एलपी ग्यासमा मूल्यवृद्धि गर्ने तयारी सरकारले गरिहेको आइतबार काठमाण्डौंमा आयोजित पत्रकारसम्मेलनमा मन्त्री भट्टले सो कुरा बताउनुभएको हो ।
हाल उपभोक्ताले पेट्रोलमा रु १०५ र खाना पकाउने ग्यास (एलपी) मा रु एक हजार ३२५ तिर्दै आएका छन् । सार्वजनिक यातायात र सर्वसाधारण उपभोक्ताले भने डिजेल र मट्टतिेलमा बढेको मूल्य तिर्नुनपर्ने मन्त्री भट्टले जानकारी दिनुभयो ।
इरानको नाकाबन्दी, डलरको भाउमा वृद्धि र इन्धनको ज्यादा माग भएकाले नेपालमा पेट्रोलको मूल्य बढाउनु परेको आयोगको दाबी छ ।
उद्योगलाई तोकिएको मूल्यमा डिजेल र मट्टतिेल बिक्री गर्न पाउँदा अब निगमलाई भने कुनै घाटा नपरेको निगमका निमत्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक अग्रवालले आयल निगमलाई अझै पनि १९ अर्ब ऋण लागेको र प्रति वर्ष रु एक अर्ब २६ करोड थप ऋण बढ्दै गइरहेको बताउनुभयो । अहिले निगमलाई पेट्रोलमा रु ३ र खाना पकाउने ग्यास -एलपी) मा प्रतिसिलिण्डर रु ३४० घाटा रहेको छ ।
पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष सरोज पाण्डेले सर्वसाधारण नेपालीलाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन सरकारले इन्धन ढुवानीमा कर छुटको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
नेपाल आयल निगमले नेपाल सरकारलाई पेट्रोलियम पदार्थ ढुवानी गरेवापत राजस्व, भन्सार र स्थानीय कर गरी वाषिर्क रु एक अर्ब २९ करोड राजश्व बुझाउने गरेको छ ।
हाल नेपालमा मट्टतिेल, डिजेल र पेट्रोल गरी एक लाख किलोलिटर खपत हुने गरेको र वाषिर्क ३० प्रतिशत थप माग हुँदै गइरहेको आयल निगम स्रोतले भन्यो ।