शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024
काठमाडौं– डा. बाबुराम भट्टराई मुलुकको कार्यकारी पदमा रहे पनि उनकी छोरी मानुषी यमी भट्टराईले भने पकेट खर्च पनि नभएको गुनासो गरेकी छन् ।
मानुषीले समाचार संकलनका लागि प्रधानमन्त्री निवास पुगेका पत्रकारसँग आफूसँग पकेट खर्च आउने पनि बाटो नभएको गुनासो गरेकी छन । ‘बुबा (प्रधानमन्त्री भट्टराई)को विषयमा नकारात्मक टिप्पणी आउँछन्,’ उनले भनिन्, ‘खै मसँग पकेट खर्च छैन ।’
मानुषीले आफूसँग पकेट खर्च नभएकाले सार्वजनिक यातायातमा हिँड्ने गरेको बताइन् । मानुषीले यसो भने पनि सार्वजनिक कार्यक्रममा जाँदाबाहेक उनी सेतो रङको ‘स्कोरपियो’ गाडीमा चढ्ने गरेकी छन् ।
मानुषी अखिल क्रान्तिकारीको तर्फबाट त्रिभूवन विश्वविद्यालय केन्द्रीय क्याम्पसकी स्ववियु सचिव हुन् ।
तपाईको प्रतिक्रिया