मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024
नेपालगन्ज– राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले नेपालमा अब कुनै पनि प्रकारको प्रतिक्रान्तिको सम्भावना नरहेको बताएका छन् ।
नेपालगन्जमा शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘राजनीतिक दलबीच पछिल्लो पटक भएको सातबुँदे सहमतिले शान्ति र संविधानको मुद्दालाई टुङ्गोमा पुर्‍याउने सम्भावना बढाएको छ ।’
अध्यक्ष थापाले माओवादीको आन्तरिक विवादले राजनीतिक सहमतिलाई केही अप्ठ्यारो पार्ने स्थिति देखा परे पनि मुलुकको अपेक्षाकृत गतिलार्ई भने नरोक्ने स्पष्ट पारे ।
‘राष्ट्रिय मुद्दाका अगाडि अन्य मुद्दा सधैं गौण रहन्छ, धेरै दलबीचको सहमतिमा केही समूहको विमतिले खासै अर्थ राख्दैन,’ उनको भनाइ थियो ।
तपाईको प्रतिक्रिया