म्याङलुङ– तेह्रथुमको इसिबू–६ मा मङ्गलबार राति एक महिलाको रहस्यमय मृत्यु भएको छ ।
खाना खाएर पति र सौतासँगै सुतेकी ४८ वर्षीया धनकुमारी तामाङको रहस्यमय मृत्यु भएको हो । बिहान अबेरसम्म घरको ढोका नखुलेपछि छिमेकीले ढोका फोरेर हेर्दा उनी ओछ्यानमै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनापछि पति प्रेमबहादुर तामाङ र उनकी कान्छी श्रीमती इन्द्रमाया लिम्बू फरार छन् । पति र सौता फरार भएकाले उनीहरूबाटै धनकुमारीको हत्या भएको हुन सक्ने प्रहरीको आशङ्का छ ।