Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024
काठमाडौं- एकीकृत नेकपा माओवादीका सचिव एवं उर्जामन्त्री पोष्टबहादुर बोगटीले छैठौं पटक भएको मन्त्रीमण्डल विस्तारले सहमतिय राष्ट्रिय सरकार गठनमा कुनै बाधा नपर्ने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले राष्ट्रिय सहमतिका लागि आफूहरु जस्तोसुकै त्याग गर्न तयार रहेकोले संक्रमणकालको स्थितिमा सरकार विस्तार गर्नुपरेको बताउनु भयो ।
मन्त्री बोगटीले संविधानसभानै ठूलो भएकोले मन्त्रीमण्डलको आकार पनि ठूलो बन्न गएकोले अचम्म मान्नु नपर्ने बताउनु भयो । जति छिटो शान्ति प्रक्रिया पूरा गरी संविधान निर्माणको वातावरण बनाउन जुट्नुपर्ने भएकोले अहिलेको मन्त्रीमण्डललाई असहज नमान्न उहाँले अन्य दलहरुलाई आग्रह गर्नुभयो । एक अर्को प्रसंगमा उहाँले एकीकृत नेकपा माओवादीभित्र अहिले देखिएको विवाद जनवाद र केन्द्रीयताको नया प्रयोग भएको दावी गर्दै आगामी बस्ने केन्द्रीय समितिको बैठकले विवाद समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बोगटी एकीकृत नेकपा माओवादी धनकुटाले धनकुटाको छिन्ताङमा आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन पूर्व आउनु भएको हो ।
तपाईको प्रतिक्रिया