शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कार्य क्षेत्र छोडेर बाहिर नजानु होला पछि पश्चताप गर्नु पर्नेछ । समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  काम गर्ने बातावरण बन्नेछ । रोकिएका काम अगाडि बढ्नेछन् । आतिथ्यता ग्रहण गर्न पाईनेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  अरुको भलाईमा आफ्नो भविष्य हुने छैन । प्रयत्न गरेमा काममा आँशिक सफलता मिल्न सक्छ । तनाव घट्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयले त्यति साथ दिने छैन । जोखिम मोलेर काम नगर्नु होला । स्वास्थ्यमा समस्या आउन सक्छ ।  धन सम्पतिको नास हुनसक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): लगनशिलता बढाउनु होला । समयको महत्व वुझेर काम गर्न सके उपलब्धि राम्रै हात लाग्नेछ । नयाँ काम हात पर्न सक्छ । आयत निर्यात व्यापार बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): संघर्ष विना काम हुने छैनन,कर्म क्षेत्र नछोड्नु होला । नयाँ क्षेत्रमा लगानी गर्दा विचार पुर्याउनु होला । अरुबाट सहयोगको आसा धेरै नगर्नु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दुविधामा नपरि काम गर्नु होला । गरेका काममा आँशिक सफलता मिल्नेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापारबाट अल्प लाभ होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  नयाँ काम हुने छैनन । पुराना काममा पनि समय नदिदा अधुरा रहने छन् । मनोरञ्जनमा ध्यान जानेछ । पारिवारिक खर्च बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  सामान्य ग्रह,गोचर भएको हुदा लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दुविधा मुक्त भएर काम गर्नु होला सफल हुनुहुनेछ । आर्थिक कारोवारमा ध्यान दिनु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दिन उत्तम रहेको छ । उत्तम भोजन र आसन प्रप्तिको योग देखिन्छ । काममा देखिएका अवरोधहरु हटेर जानेछन् । व्यापारमा सुधार आउनेछ । भेटघाट बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  दिन प्रतिकुल छ सर्तक भई काम गर्नु होला । अनावस्यक आरोप लाग्न सक्छ सर्तक हुनुहोला । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ विचार पुर्याउनु होला ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया