शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आफन्तमा वैरभाव उत्पन्न हुन सक्छ । काम गरेर न जश पाईने छ,न दाम पाईने छ । मानसिक चिन्ता बढ्ने छ । घरपरिवारमा पनि समस्या होला । सम्पतिको विषयमा विवाद बढ्न सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  काम गर्न पछि परिने छैन । उद्योग धन्दमा प्रगति हुनेछ । अरुबाट सहयोग पाउने आशा नराख्नु होला । गरेका काम फलदायी नै रहलान् । अपरान्ह देखि समय प्रतिकुल बन्न सक्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  समयमा विस्तारै सुधार आउनेछ । संयम भएर काम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । अरुको भरोसा कम गर्नु होला । आर्थिक क्षेत्रमा सामान्य सुधार आउने छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन पनि सामान्यतया शुभ नै देखिन्छ आर्थिक कारोवार बाहेक । कुनै पनि काम पछि गरौला भनेर नसाच्नु होला । आज गरेका अधिकाँश काम सफल हुने छन् । प्रतिष्ठा बढ्ला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आफुले मात्र बल गरेर हुदैन समयले साथ कम दिने देखिन्छ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहने देखिन्छ । खर्च गर्नु नै पर्ला । अपरान्हबाट समयमा सुधार आउनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): कुनै काम गर्नु छ भने ढिला सुस्ति नगर्नु होला । ढिला गर्दा आफैलाई घाटा हुने छ । आज गरेका काम भने सफल हुने छन् । आम्दानी पनि हुने छ । अपरान्हबाट समय प्रतिकुल बन्नेछ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कसैको लागि प्रेरणको स्रोत बन्न सकिन्छ । आज गरेका काम सफल त हुने नै छन् आय र प्रतिष्ठा पनि बढ्ने छ । व्यापार व्यवसायमा नयाँ सम्भावनाहरु देखा पर्ने छन् । मन प्रफुल्लित हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  समयमा क्रमिक सुधार आउनेछ । गरेका काम पनि विस्तारै बन्दै जानेछन् । तनावमा कमि आउनेछ । भाग्यले थोरै साथ दिने छ । धार्मिक यात्रा हुन सक्ने कुरालाई नकार्न सकिन्न ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समयमा सुधार आउन अझै प्रतिक्षा गर्नु पर्ला । अनावस्यक काममा नै समय र धनको नाश हुनेछ । व्यापार व्यवसायमा पनि सुधार आउने देखिन्न । आफन्तजनसँग बैरभाव बढ्न सक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काममा ढिला सुस्ति नगर्नु होला,ढिला गर्दा काम विग्रन सक्छ । समयमा काम गर्न सक्नु भयो भने लाभ पनि लिन सक्नु हुने छ । व्यापार व्यवसायबाट लाभान्वित भईने छ । आफन्तसँग भेट होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विवादको टुङ्गो लाग्ने प्रवल सम्भावना छ । व्यापार व्यवसायमा सुधारका प्रशस्त सम्भावना देखिने छन् । काम गर्दा गाह्रो नमानी कन गर्नु होला । काममा स्थायीत्व दिनु पर्ने देखिन्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  समयमा काम गर्न सके फाइदा लिन सकिने छ नत्र फाईदा अरुलाई पनि बाढ्नु पर्ला । भावावेगमा आएर कुनै काम नगर्नु होला । विरोधीको बक्रदृष्टि तपाई माथि पर्दैछ सर्तक रहनु होला ।

——————————————–

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया