स्वास्थ्य

  • मोबाइलबाटै गर्भवतीको स्वास्थ्य जाँच

    इलाम – गर्भवतीले कुन कुन समयमा गर्भको परीक्षण गराउने, खोप लगाउने भन्ने लगायत सम्पूर्ण विषयमा अब मोबाइलबाटै जानकारी पाउने भएका छन् । मोबाइलबाट जानकारी पाउने मात्र होइन गर्भ जाँच गर्ने समय र सुत्केरी हुने मिति समेत मोबाइलबाटै थाहा पाइने भएको हो । जिल्लामा पहिलो पटक गर्भवतीका लागि घर घरमै मोबाइल सेवा पुर्‍याउने उद्देश्यले यहाँका २७ गाविसमा ‘मोबाइल हेल्थ’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयको सहकार्यमा करुणा फाउन्डेसन नेपालले यहाँका गाविसमा गर्भवतीका लागि सो सेवा सञ...
  • बिस हजार बालबालिकालाई पूर्ण खोप

    झापा – झापाका २० हजार ३०० बालबालिकाले पूर्ण खोप लगाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत ईश्वरी पौडेलका अनुसार जन्मेदेखि एक वर्षसम्मका २० हजार ३०० बालबालिकाले पूर्ण खोप लगाएका हुन् ।  सन् २०१७ सम्ममा नेपालका सबै बालबालिकालाई पूर्ण दिइने अभियानअन्तर्गत झापाका २० हजार बालबालिकाले पूर्ण खोप लगाइसकेको पौडेलले बताउनुभयो । झापाका अहिले शनिअर्जुन र शिवसताक्षी गरी दुई नगरपालिकासहित छ गाविस पूर्ण खोपयुक्त गाविस घोषणा भएका छन् । पूर्ण खोपयुक्त गाविस धाइजन, शान्तिनगर, हल्दिवारी, बुध...
  • तपाईँको श्वास गनाउँछ त्यसो भए यसो गर्नुस !

    हामी दिनहुँ दाँत माझ्छौँ । जिब्रोको सफाइमा भने उति ध्यान पुर्याइरहेका हुँदैनौँ । जिब्रोमा जम्मा हुने सेतो पत्रले सास गनाउने समस्या उत्पन्न गराउँछ । साथै, स्वाद थाहा पाउन, शुद्धसँग उच्चारण गर्नसमेत यसको सफाइमा ध्यान पुरयाउनुपर्छ  । ‘टङ क्लिनर’ बजारमा धातु र प्लास्टिकका ‘टङ क्लिनर’ पाइन्छन् । ब्रस गरिसकेपछि यसले बिस्तारै जिब्रो सफा गर्नुपर्छ । तर, जोडले रगड्नु भने हुँदैन । नुन जिब्रोमा जमेको सेतो पत्र र ब्याक्टेरिया हटाउन नुन ज्यादै उपयोगी हुन्छ । यसमा ‘एन्टिसेप्टिक’ गुण हुन्छ । जिब्रोमा अलिकत...
  • मुला खानैपर्ने ५ कारण

    पथरीबाट जोगाउँछ मुलामा क्षार बढी मात्रामा पाइन्छ, जसले किड्नीमा रहेको पत्थरीलाई गलाएर यसलाई शरीरबाहिर निकालिदिन्छ । यसका लागि पात सहितको मुलालाई पिसेर एक ग्लास रस निकाल्ने, त्यसमा एउटा कागतीको रस, एउटा चिया चम्चाको चार भाग मरिच मिसाएर दिनहुँ बिहान पिउने । त्यसबाहेक मुलाको सलाद, मुलाको तरकारी पनि मिलेसम्म खाने । यसो गरेमा किड्नीमा रहेको पथरी गलेर निस्किने सम्भावना रहन्छ । पिसाब खुलाउँछ किड्नीको समस्या, कब्जियतलगायत कारणले गर्दा पिसाब बन्द हुन सक्छ । यस्तो भएमा मुलाको बिउ आधा चम्चालाई पिसेर ग...
  • ३ वर्षभित्र सबै नेपालीको स्वास्थ्य बिमा

    काठमाडौं –  ३ वर्षभित्र सबै नेपालीको स्वास्थ्य विमा गर्ने गरिने भएको छ ।  अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो घोषणा गर्नुभएको छ । पहिलो चरणमा २५ जिल्लामा लागू गरिने भन्दै उहाँले त्यसका लागि २ अर्ब ५० करोड बिनियोजन गरिएको छ ।
  • सुदूरमा जहिले स्वास्थ्यकर्मीले नै रगत दिनुपर्ने

    बाजुरा – सुदूरका पहाडी जिल्लामा स्वास्थ्यकर्मीले नै रगत दिएर बिरामी बचाउनु पर्ने बाध्यता रहेको छ । बाजुरा, अछाम, बझाङ जिल्लाका वासिन्दामा निरन्तर रगत दिँदा कुनै हानी नहुने भन्ने चेतनाको अभावका कारण रगत अभाव हुने गरेको छ । त्यस्तै भएको छ, अछाम धमाली गाविस–९ ३५ वर्षीया जौमती विष्ट पाँच दिन अगाडि नियमित रक्तश्राव भएपछि जिल्ला अस्पताल मंगलसेन पु¥याइयो । रगत अभावका कारण उहाँको त्यहाँ उपचार हुन नसकी बयालगडा अस्पतालमा पठाइयो । त्यहाँ पनि उहाँलाई दिने रगत भएन । विष्टका लागि निरन्तर रगत खोज्दा पनि नभेट...
  • स्वास्थ्य परीक्षणमा ६०० बढी लाभान्वित

    पोखरा– पोखराको बाटुलेचौरमा शनिबार भएको मधुमेह, मिर्गौला र पिसाब परीक्षणमा ६०० भन्दा बढी लाभान्वित भएका छन् । स्थानीय हिमालय क्लबको आयोजना तथा युनाइटेड रेफरेन्स लेबोरोटरी (युआरएल)को प्राविधिक सहयोगमामधुमेह, मिर्गौला र पिसाब निःशुल्क र अन्य स्वास्थ्य परीक्षणमा ५० प्रतिशत छुट दिइएको युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिनुभयो । उक्त कार्यक्रममा बाटुलेचौर, लामाचौर, घार्मी, अर्मलालगायत अन्य ठाउँबाट पनि मानिस आएर स्वास्थ्य परीक्षण गरेका थिए । सो कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ ...
  • रोजगारीका लागि अनशन बस्नेहरुको स्वास्थ्यस्थिति नाजुक

    काठमाडौं - योग्यता क्षमता र सीपअनुसार स्वदेशमै रोजगारीको सुनिश्चितताको माग गर्दै खुलामञ्चमा आमरण अनशन बसेका युवाको स्वास्थ्यस्थिति नाजुक बन्दै गएको छ । नौ दिनदेखि आमरण बसेका १५ जना युवायुवतीको स्वास्थ्यस्थिति नाजुक बन्दै गएको हो । वैशाख १५ गतेबाट विभिन्न जिल्लाका युवायुवतीले रोजगारीका लागि सामूहिक आमरण भन्दै अनशन बस्दै आएका छन् । ‘रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियान’ भन्ने मूल नाराका साथ युवाले स्वदेशमै रोजगारको सुनिश्चित गर्न माग गर्दै आमरण अनशनमा बसेका छन् । नौ दिनसम्म केही न...
  • जापानमा नेपाली समुदाय लक्षित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    टोकियो – नेपाल र नेपालीलाई माया गर्ने जापानी व्यवसायीहरुद्वारा गठित आसिकागा नेपारु कोरिउ क्योखाईले नि:शुल्क स्वास्थ्य जांच तथा परामर्श शिविरको आयोजना गर्‍यो । शिविर आसिकागा कोग्यो दाईगाकुको प्राङगणमा सम्पन्न भएको थियो । शिविरमा गत साल महाभूकम्पबाट प्रभावित भएको नेपाल र नेपालीलाई कुनै माध्यमबाट सहयोग गर्न चाहेको र नेपालका वास्तविक भूकम्प प्रभावितसम्म सहयोग पुर्‍याउन पर्ने कठीनाई महसुश गर्दै जापानमा नै बसोबास गर्ने नेपाली समुदायलाई आवश्यक सहयोग गरौं भन्ने निश्कर्षका साथ सो शिविरको आयोजना गरिएको आ...
  • स्वास्थ्यसम्बन्धी जानकारी दिने ‘मोबाइल एप्स’ सार्वजनिक

    काठमाडौं - स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच स्थापित गराउन ‘हाम्रो डक्टर डटकम अनलाइन र मोबाइल एप्स’को सार्वजनिक गरिएको छ । उत्कृष्ट मिडिया क्रियशनद्वारा आज सञ्चालनमा ल्याइएको सो अनलाइन तथा एप्सको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आज सार्वजनिक गर्नुभएको हो । सञ्चारमन्त्री राईले संविधान निर्माणपछि सूचनाको विकासलाई अधिकतम प्रयोग गरी आर्थिक विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “पारदर्शीता, जवाफदेहिता र सुशासनको बारेमा सबैलाई ध्यान आकृष्ट भएको बेला यो अनलाइन र एप्स उपयोगी हुने छ ...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित