आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – पछिल्लो साता विश्वमा प्रत्येक दिन औषतमा करिव साढे १७ लाख जना कोरोना संक्रमित थपिदै आएको वर्ल्डोमिटर्सको तथ्याङ्कले देखाउँछ ।

कोरोनाको डेल्टा र ओमिक्रोन भरियन्टका कारण पछिल्लो समय द्रुत गतिमा संक्रमण फैलिरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ । विशेषगरी ओमिक्रोन छिटो फैलने हुँदा संक्रमण बढेको जनाइएको छ ।

विश्वमा संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि गत साता नै डब्लुएचओले विश्वमा कोरोनाको खतरनाक सुनामी आउने चेतावनी दिएको थियो । डेल्टाको तुलनामा ओमिक्रोन भेरियन्ट कम खतरनाक भए पनि सतर्कता अपनाउन डब्लुएचओले भनेको थियो ।

डब्लुएचओले भने जसरी नै पछिल्ला दिन विश्वमा बढ्दै गरेको संक्रमणको संख्याले कोरोनाको सुनामी सुरु भइसकेको पुष्टी गरेको छ ।

वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार पछिल्लो एक सातामा विश्वमा १ करोड २१ लाख ८४ हजार २६२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । अर्थात प्रत्येक दिन औषतमा १७ लाख ४० हजार ६०८ जना कोरोनाका नयाँ संक्रमित विश्वमा थपिदै आएका छन् ।

अघिल्लो साताको तुलनामा पछिल्लो साता विश्वमा कोरोना संक्रमितको संख्या ८२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो एक सातामा विश्वमा ६६ लाख ७८ हजार ६४ जना कोरोनाका नयाँ विरामी थपिएका थिए । पछिल्लो साता यो संख्या १ करोड २१ लाख ८४ हजार २६२ जना पुगेको छ ।

 

तपाईको प्रतिक्रिया