शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

विराटनगर – प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत एलिजावेथ भ्यानग्यातलरबीच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज करिब एक घन्टा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा स्वीस परियोजनामार्फत् प्रदेश-१ मा पूर्वधार विकासमा सहयोग गर्ने विषयमा छलफल भएको बताइएको छ । मुख्यमन्त्री राईले कार्यभार सम्हालेपछि दातृराष्ट्रका प्रतिनिधिसँगको यो पहिलो भेटवार्ता हो ।

भेटकाक्रममा मुख्यमन्त्री राईले प्रदेश-१ भित्र पूर्वाधार विकासमा सहयोग गर्न राजदूत भ्यानग्यातलरलाई आग्रह गर्नुभयो । राजदूत भ्यानग्यातलरले स्वीस विकास परियोजनाअन्तर्गत् आफूहरुले प्रदेश-१ भित्र पूर्वाधार निर्माणमा झोलुंगेपुल, सडक, पुल निर्माणलगायतलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता जनाएको बताइएको छ ।

तपाईको प्रतिक्रिया