शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – सत्तारुढ दल नेपाली कांग्रेसले ४ वटा प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको टुंगो गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको अाज बसेको बैठकले प्रदेश ४, ५, ६ र ७ बाट उम्मेदवारको टुंगो गरेको हो ।

कांग्रेसको बैठकले प्रदेश ४ बाट सुरेन्द्र पाण्डे (खुला), बृन्दा आले (महिला), मैकुलाल बाल्मीकि (दलित) र प्रकाश पन्तलाई (अपांग/अल्पसंख्यक) उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यसैगरी प्रदेश नम्बर ५ बाट दुर्गाप्रसाद उपाध्याय (खुल्ला) अनिता देवकोटा (महिला), जीतबहादुर नेपाली (दलित) र लुटबहादुर खत्री (अपांग) उम्मेदवार रहेका छन् ।

त्यस्तै प्रदेश ६ बाट विष्णुबहादुर शाही (खुल्ला), सूर्यदेवी मल्ल (महिला), सिताराम विक (दलित) र गोपालप्रसाद शर्मा (अपांग) उम्मेदवार रहेका छन् । यसअघि सोमबारको बैठकले प्रदेश ७ बाट बद्री पाण्डे (खुल्ला), तारादेवी भट्ट (महिला), छत्रराज जोशी (अपाङ्ग) र शेरीराम पार्कीलाई (दलित) उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

कांग्रेस नेता बालकृष्ण खाँणले प्रदेश १, २ र ३ को पनि अाज साँझसम्म उम्मेदवार छानिसक्ने जनाएका छन् ।

तपाईको प्रतिक्रिया