शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – लिबियाको राजधानी त्रिपोली नजिकै रहेको एक अन्तराष्ट्रिय विमानस्थलमा बन्दुकधारी लडाकु समूह र सरकारी सुरक्षाफौँजबीच भएको झडपमा २० जनाको मृत्यु भएको छ ।

उक्त दोहोरो भिडन्तमा ६३ जना घाइते भएका छन् । जेलमा रहेका आफ्ना समर्थकलाई छुटाउन लडाकूहरुले विमानस्थलमा आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षबीच झडप भएको सरकारी अधिकारीले बताएका छन् । झडपका क्रममा भएको गोलाबारीमा परी ६ वटा विमान प्रभावित भएको जनाइएको छ ।

मारिएका मध्ये कति जना लडाकूतर्फका छन् र कति जना सर्वसाधारण छन् भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन । घटनामा परी घाइते भएकामा केहीको अवस्था गम्झीर भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान गरिएको छ । मिटिगा विमानस्थल त्रिपोलीबाट पूर्वतर्फ पर्दछ ।

यो आमनागरिकले प्रयोग गर्ने अन्तरराष्ट्रिय विमानस्थल हो । सन् २०१४ मध्यतिर विद्रोही लडाकूले आक्रमण गर्दा भएको झडपपछि सो विमानस्थल क्षतिग्रस्तरुपमा रहेको छ । -एजेन्सी

तपाईको प्रतिक्रिया