सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं – एलन मस्कको कम्पनी टेस्लाले हाल कार्यरत कर्मचारी हटाउने क्रम जारी राखेको छ । कम्पनीले आफ्नो टेक्सास कारखानामा कार्यरत २,६८८ कर्मचारीहरूलाई हटाउने भएको छ ।

इलेक्ट्रिक वाहन निर्माण कम्पनीले एक सूचनामार्फत कर्मचारी हटाउने घोषणा गरेको जनाइएको छ । कर्मचारी समायोजन र पुनः प्रशिक्षण सम्बन्धी सूचनासँगै कर्मचारी कटौती गर्ने जनाएको हो ।

९८८ को चेतावनी ऐन एक अमेरिकी श्रम कानून हो जसमा १०० वा सो भन्दा बढी कर्मचारीहरू भएका कम्पनीहरूलाई योजनाबद्ध बन्द वा सामूहिक कटौतीको ६० दिन अगाडि सूचित गर्न आवश्यक रहेको छ । सोही कानुन अनुसार कर्मचारी कटौती गर्न लागेको जनाएको हो ।

तपाईको प्रतिक्रिया