शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

बागलुङ उद्योग बाणिज्य संघले अायाेजना गरेको पाचौं बागलुङ महाेत्सब २०७४ भब्य रूपमा एनअारएनका अध्यक्ष भबन भट्टले धाैलागिरि बहुमुखी क्याम्पस बागलुङको प्राङ्गणमा उद्घाटन गर्दै लगानीमैत्री बाताबरण बनाउन अाफुहरू लागि परिरहेको धारणा राख्नुभयो। बागलुङ जिल्लालाई हिजोका दिनमा लाहुरेकाे जिल्ला भनेर परिचय दिने गरिन्थ्यो । अहिले पनि बिदेशी रेमिटान्स बढी भित्र्याउने जिल्ला मध्य बागलुङ अहिले पनि लगभग पहिलो काेटी मै पर्ने गर्छ । अहिले बागलुङ उद्योग बाणिज्य संघले गैर अाबासीय नेपाली संघका अध्यक्ष भबन भट्टलाई बागलुङ महाेत्सबकाे प्रमुख अतिथि बनाउने खबर बाहिर अाएपछि बागलुङको  चाेक चाेकमा टीका टिप्पणी गरियो । कसैले लाहुरेलाई ल्याउन लागेको भनेर सामाजिक संजालमा लेख्ने काम समेत भए कतिपय बुद्धिजीवी महाेदयले त प्रमुख अतिथि भट्टले कति आर्थिक सहयोग गर्छन् भनेर अार्थिक पक्षसँग  जोडेको देखियो । नेपालमा प्रधानमन्त्री छन्, मन्त्री छन् सचिव छन्, सांसद छन् किन लाहुरे लाई भाउ दिने भनेर भने हाे । अहिले सबै मान्छे जान्ने बुझ्ने भएका छन्, अहिले कसैले कसलाई यहाँ सिकाइ राख्न जरुरी छैन ।  कुरा हेर्दाखेरि  केही सत्य देखिन्छ तर बागलुङबासीमा सकारात्मक कुरालाई पनि नकारात्मक रूपमा उठाउने बानीले गर्दा हामी अलि पछि परेको हाे कि भन्ने लाग्छ । हाे बागलुङ उद्योग बाणिज्य संघले अहिले साच्चै भन्ने हाे भने यसपटकको बागलुङ महाेत्सबमा सहि मान्छेलाई छनाैट गरेर ल्याएको हाे भन्ने कुरा छर्लङ्ग भएको छ । यस भन्दा अगाडि बागलुङ उद्योग बाणिज्य संघले ४ वटा ठुलो बागलुङ महाेत्सब सम्पन्न गरिसकेको छ । नेपालका राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्रीलाई प्रमुख अतिथि नबनाएकाे हैन तर पनि जिल्लाले एक रूपैयाकाे पनि अार्थिक लाभ लिन सकेको भने छैन ।
अहिले देशमा राजनीति भन्दा पनि देशलाई अार्थिक रूपले अगाडि लैजानकाे लागि प्रमुख कुरा अार्थिक लगानी भित्र्याउने जिल्लाकाे बिकास गर्ने जसरी हुन्छ । बागलुङ जिल्लालाई अरू जिल्लाकाे तुलनामा  समृद्द बनाउने लक्ष्य बागलुङ उद्योग बाणिज्य संघको हाे ।अहिले त्यही बाताबरण तयार गर्न प्रदेश नम्बर ४ स्तरीय बागलुङ महाेत्सब गर्दै गर्दा एनअारएनले पनि नेपालका उद्योगी ब्यबसायी र सरकारसंग मिलेर नेपालमा ठुलो लगानी भित्र्याउने उद्योग धन्दा कलकारखाना खाेल्ने यहीँ राेजगारीकाे सृजना गर्ने नयाँ अभियान ल्याउन खाेजेकाे छ ।
अहिले गैर अावासीय नेपाली संघमा नयाँ नेतृत्वमा अाउनु भएका भट्ट बागलुङसंग धेरै परिचित भएको जापानमा रहेको समयमा पनि धेरै भन्दा धेरै बागलुङ कै साथीहरूसंग सहकार्य भएको नाताले पनि अाफुले खेल्ने भुमिका खेल्न तयार भएको बताएर बागलुङबासीलाई थप हाैसला थप्ने काम गरेको थियो ।
साच्चै बिदेशमा काम गर्नेलाई लाहुरे भनेर नकारात्मक टिप्पणी गर्नेहरू पनि बागलुङ महाेत्सबमा प्रमुख अतिथिकाे तर्फबाट उनले दिएको अभिब्यक्ति पछि भने नाजवाफ भएका छन् । हुन त अहिले भट्टले गरेको भाषण दमदार नभएको भनेर अहिले केही बुद्धिजीवीले टिप्पणी गर्न शुरू गरिसकेका छन् ।  हुन पनि एनअारएनका अध्यक्षसंग जादुकाे छडी त अबश्य पनि छैन हाेला उनले त लगानीकाे बाताबरण बनाउने अनि लगानीकर्तालाई जिल्लामा समन्वय गराउने भूमिका पनि प्रमुख हाे जस्तो लाग्छ ।
बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले उद्घाटन समारोहमा दिनुभएको अभिब्यक्तीलाई सुन्दा जिल्लाकाे सदरमुकामदेखि पन्चकाेटसम्म पुग्ने केबुलकार भकुण्डेेेमा केबुलकार राख्ने याेजना भएको यसको लागि लगानीकर्ता गैर अाबासीय नेपालीहरू हुन सक्ने त्यो बाताबरण अब त्यो संस्थाले निभाउनु पर्ने धारणा राख्नु बागलुङका सांसद देबेन्द्र पाैडेल डाक्टर सुर्य पाठक इन्द्रलाल सापकोटाले दिनु भएको अभिब्यक्तिलाई सुन्दा बिकासप्रति सकारात्मक धारणाको राख्नेहरू अार्थिक कुरालाई बुझ्न सक्नेहरूले भने निकै राम्रो मानेकाे देखियो ।साच्चै बागलुङ उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष बसन्त कुमार श्रेष्ठले बागलुङ जिल्लाकाे समग्र बिकासका लागि सराेकार राख्ने सबै पक्ष एकजुट हुन नसकेसम्म केही पनि नहुने बताए ।मध्य पहाडी लाेक मार्ग कालिगण्डकी काेरिडाेर पाेखरा बागलुङ राजमार्ग हुदै चीनको काेरला नाका संचालन गर्न सके बागलुङ जिल्लाका मान्छेकाे जीबनस्तर माथि पुर्‍याउन कठिन नहुने धारणाबाट पनि बागलुङ जिल्लाकाे राम्रो संभावना भएको देखिन्छ ।
अहिले भएको मेला महाेत्सबले जिल्लामा अार्थिक बाताबरण बनाउने काम गर्ने भएकोले पनि यसको महत्त्व अझै भएको स्पष्ट भएको छ । साच्चै बागलुङको लागि अहिले कुरा भन्दा पनि काम गर्ने मान्छेकाे अावश्यकता छ मध्य पहाडी लाेकमार्ग कालिगण्डकी काेरिडाेर प्रबेशसंगै अहिले हामीलाई अार्थिक रूपले अात्मनिर्भर बनाउने अर्थतन्त्रको बाटो नै बनाउन जरुरी छ । नुनदेखि सुनसम्म सबै बिदेशबाट अायात गर्ने हामीले के कुरामा जिल्लालाई कसरी  स्वाभलम्बी बनाउने भन्ने  भन्ने साेच बनाउन जरुरी छ ।बागलुङ जिल्लामा पर्यटन भित्र्याउन धेरै सजिलो छ दैनिक हजारौं हैन लाखौं पर्यटक भित्र्याउन सक्ने पूर्बाधार भनेकाे अहिले तत्काल कालिका भगवती मन्दिर र सर्ब सिद्धधाम पन्चकाेट नै हाे । कालिका भगवती मन्दिरकाे लागि अहिले थाेरै मात्रै ब्यबस्थापन राम्रो गरे पुग्छ  । तर पन्चकाेटलाई अलिकति सिरियस भएर हामी सबै सराेकार राख्नेहरूले साेच्ने हाे भने बागलुङमा पर्यटन भित्र्याउन कुनै समस्या हुने देखिदैन ।
अहिले बागलुङ उद्योग बाणिज्य संघले निराश भएका बागलुङ बासीलाइ पुस महिनाकाे जाडोमा थाेरै भए पनि उत्साह थप्ने काम गरेको छ । प्रमुख अतिथिका रुपमा रहनु भएका  भट्टले अाफुले सक्ने क्षेत्रमा लगानी गरेर बागलुङलाई अगाडि लैजान सहयोग गर्ने प्रतिबद्धता जनाउनु र जिल्लाबाट निर्वाचित हुनु भएका सांसदहरू समेत सरकारी नीजि र बाहय लगानी भित्र्याउनु पर्ने कुरामा एकमत भएको कारणले पनि अब अार्थिक रूपमा जिल्लालाई अगाडि लैजान सबै एकजुट हुने वातावरण बनेको देखिन्छ । अब जिल्लामा लगानीकाे क्षेत्र पहिचान गरेर लगानी गर्ने युवाहरू लाई यहीँ राेजगारी दिने बाताबरण बनाउने याेजनामा लाग्न सकेमात्र बागलुङ महाेत्सब सफल भएको मानिने छ ।

तपाईको प्रतिक्रिया