शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – धूमपानका अनेक बेफाइदा त छँदै छन्, यसबा आन्द्रालाई पनि क्षति पुग्न सक्छ र कोलाइटिसको खतरा बढ्ने आशंका हुन्छ ।

यो अध्ययन ‘फ्रन्टियर इन इम्युनोलजी’ जर्नलमा प्रकाशित छ । अनुसन्धाताहरूले चुरोटको धुवाको सम्पर्कमा आउने मुसामा यो प्रभावका लागि जिम्मेवार खास रगतको कोषिका र प्रोटिन पत्ता लगाएका छन् ।

यो अध्ययनबाट वैज्ञानिकहरूले आन्द्रा सुन्निँदा त्यससँगै उत्पन्न हुने समस्याको उपचारमा सघाउ पुग्ने विश्वास लिएका छन् । नयाँ अध्ययनका माध्यमले ‘कोलाइटिस’ बढ्ने खतराबारे आममानिसलाई जागरुक गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया