शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं –  एसीसी यु–१६ क्रिकेट च्याम्पियनसिप ईस्टर्न रिजनको सेमीफाईनल समीकरण पूरा भएको छ ।

समूह विजेता बन्दै सेमीफाईनलमा पुगेको नेपालले अर्को समुहको उपविजेता मलेसियालाई प्रतिष्पर्धी पाएको छ ।

त्यस्तै हङकङ र सिंगापुर पनि सेमीफाईनलमा प्रवेश गरेका छन् । सिंगापुर अर्को समूह विजेताका रुपमा सेमीफाइनलमा पुगेको हो भने नेपाल समूह ‘ए’को विजेता बन्दा हङकङ उपविजेताका रुपमा सेमीफाइनलमा प्रवेश गरेको हो ।

जारी प्रतियोगितामा नेपाललाई उपाधिको मुख्य दावेदारको रुपमा हेरिएको छ । समूह चरणका सबै खेलमा नेपालले शानदार प्रदर्शन गर्दै समूह विजेताका रुपमा स्थान सुरक्षित गरेको हो ।

तपाईको प्रतिक्रिया