शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं  – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटका लागि अनुमति दिएको छ । आइसिसीले मान्यता दिएसँगै इपिएलमा नेपाली राष्ट्रिय टिमका खेलाडीसँगै विदेशी खेलाडी पनि खेल्न पाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेकाले यो प्रतियोगिताका लागि आइसिसीको अनुमति आवश्यक थियो । आइसिसीको अनुमति बिना राष्ट्रिय टिमका र विदेशी खेलाडीले खेल्न पाउने थिएनन् । अब भने बाटो खुलेको छ ।

इपिएल आयोजकले मन्जुरी शूल्क बापत आइसिसीलाई २० हजार अमेरिकी डलर तिर्नु पर्नेछ । यो रकम नेपाली क्रिकेटको विकासमा खर्च हुनेछ ।

आइसिसीले यो वर्षको प्रतियोगिताका लागि मात्रै अनुमति दिएको हो । यस्तै आइसिसीले इपिएललाई अनुमति दिएको बारेमा आफ्ना सबै सदस्य राष्ट्रलाई समेत जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया