शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो–जापानका मोवाइल सेवा प्रदायक कम्पनी एनटीटी डोकोमो, केडीडीआइ  एयू र सफ्टबैंकसँगै अब अर्को कम्पनी पनि थप हुने भएको छ ।

राकुतेन कम्पनीले हाल आफ्नै नेटवर्कमा मोवाइल सेवा संचालनको लागि आवेदन दिएको छ । सूचना तथा संचार मन्त्रालयबाट अनुमति प्राप्त भएको खण्डमा आगामी वर्ष २०१८ को शुरुदेखि नै ग्राहकहरु माझ आफ्नो सेवा संचालनमा ल्याउने बताइएको छ ।

राकुतेनले हाल एनटीटी डोकोमोबाट लाईन लिएर राकुतेन मोवाइल पनि संचालन गर्दै आईरहेको छ । राकुतेन कम्पनी अनलाइन सपिङ कम्पनीको रुपमा चिरपरिचित कम्पनी हो । केही समय अगाडि मात्रै यस कम्पनीले भाईवर एप्लिकेशन पनि खरीद गरेको थियो ।***

तपाईको प्रतिक्रिया