शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – सर्वोच्च अदालत अगाडि बम भएको आशंकामा प्रहरीले खोजी कार्य शुरु गरेको छ ।

आज दिउँसो साढे १२ बजेतिर सर्वोच्च अदालतको सचिवालयमा तीन वटा बम रहेको भन्दै अज्ञात नम्वरबाट कल आएपछि प्रहरीले खोजी कार्य थालेको हो । प्रहरीले अदालत परिसरमा कुकुरबाट सर्च गर्दैछ ।

सर्वोच्च अदालतको टोल फ्री नम्बरमा फोन गरी परिसरमा बम रहेको बताएपछि प्रहरीको टोलीले बम खोजीको गरिरहेको छ । प्रहरी स्रोतका अनुसार काठमाडौंको लगनबाट अज्ञात व्यक्तिले फोन गरी बम रहेको सूचना दिएका थिए ।

बम रहेको सूचना पाएपछि सर्वोच्च अदालतका अधिकारीहरुले प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी प्रभाग सिंहदरबारको टोलीले अहिले बमको खोजी गरिरहेको छ ।

सर्वोच्च परिसरमा बम रहेको हल्ला चलेसँगै त्यहाँ कामको सिलसिलामा पुगेकाहरुबीच त्रास फैलिएको छ । फोन आएको जानकारी पाउने बित्तिकै न्यायाधीशहरुलाई सुरक्षित ठाउँमा लगिएपछि इजलासहरु प्रभावित भएका थिए।

तपाईको प्रतिक्रिया