शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा क्षेत्र नं ५ का उम्मेदवार डा प्रकाशशरण महतले मुलुकमा लोकतन्त्रको संस्थागत विकास र संघियताको सफल कार्यान्वयनका लागि आसन्न निर्वाचनमा नेपाली काँग्रेसले बहुमत हासिल गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस विधिको शासन र प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने पार्टी भएकाले यस चुनावमा जित हासिल गरेर सरकारको नेतृत्व गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । काठमाडौँ क्षेत्र नं ५ को विशालनगरमा आज आयोजित बुद्धिजिवी एवं पेशाकर्मीको भेलालाई सम्बोधन गर्दै नेता महतले नेपालमा राणा शासनको विरुद्धमा लडेर प्रजातन्त्र ल्याएको काँग्रेसले त्यसपछिका सवै लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको स्मरण गराउनुभयो ।

उहाँले माओवादीलाई शान्ति प्रकृयामा ल्याई नेपालमा पहिलो पटक संविधान सभाको निर्वाचन गर्नेसम्मको अगुवाई काँग्रेसले गरेकाले यस पटकको निर्वाचनमा पनि आफू पहिलो पार्टी हुने अधिकार नेपाली जनता समक्ष राख्दछ भन्नुभयो । काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको सफल कार्यान्वयन र त्यसमार्फत संघियताको संरचना निर्माणका लागि अबको अगुवाइ पनि काँग्रेसले नै गर्नुपर्ने भन्दै नेपाली जनतासँग काँग्रेसलाई विजयी गराउन अपिल गर्नुभयो ।

डा महतले आफूले क्षेत्र नं ५ बाट प्रतिनिधित्व गर्न पाएमा यस क्षेत्रको विकासमा सशक्त रुपमा लाग्ने प्रतिवद्धता व्यक्तगर्नुभयो । काठमाडौँ क्षेत्र नं ५ धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसावले अत्यन्त समृद्ध क्षेत्र रहेकाले तिनको समयानकुल र आधुनिक विकास तथा विस्तारमा आफू सदैव लागिपर्ने प्रतिवद्धता पनि सो अवसरमा उहाँले व्यक्त गर्नुभयो ।

सो सभामा काँग्रेस क्षेत्र नं ५ प्रदेशसभा ‘क’ का उम्मेदवार रमा गुरागार्इँ, प्रदेशसभा ‘ख’ का उम्मेदवार रमेश खड्का, वुद्धिजिवी, पेशाकर्मी, महिला नेतृलगायतले सम्बोधन गर्दै काँग्रेसलाई विजयी गराउन अपिल गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया