शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र रुसका सेनाले गरेको संयुक्त सैन्य समन्वय तथा कारबाहीबाट सिरियामा नाटकिय रुपमा प्रगति भइरहेको बताएका छन् ।

भियतनाममा एपेकको सम्मेलनपछि दुवै राष्ट्रपतिबीच भएको छोटो समयको भेटपछि ह्वाइस हाउसद्वारा जारी वक्तव्यमा पुटिनसँग सिरियाकेन्द्रित छलफल भएको उल्लेख छ । विज्ञप्तीमा दुवै देशका सेनाले गरेको समन्वयात्मक कारबाहीले इस्लामिक स्टेटको आतंकवादी गतिविधीलाई कम गरेको र त्यसबाट दुवै राष्ट्र सन्तुष्ट भएको उल्लेख छ ।

दुबैबीच सिरियाको एकता, सम्प्रभुता, र स्वतन्त्रताको लागि आ-आफ्नो मुलुकले समर्थन गर्ने प्रतिबद्दता समेत भएकोछ । यद्यपी सैन्य कारबाहीबाट मात्रै सिरियाको समस्या समाधान नहुने भएकाले स्थायी रुपमा राजनीतिक निकासको बाटो पहिल्याउन आवश्यक रहेकोप्रति दुवै नेताबीच छलफल भएको जनाइएको छ । कुनै पनि विकल्पले सिरियाको समस्या समाधान नभए संयुक्त राष्ट्रसंघले अघि सारेको प्रस्ताव नम्बर २२५४ बमोजिम समाधानको खोजी गर्नुपर्नेमा दुबै नेता सहमत देखिएका छन् ।

सो प्रस्तावमा संयुक्त राष्ट्रसंघको नेतृत्वमा सिरियामा आम निर्वाचन र त्यसपछिको अवस्थामा संविधानमा संशोधन या सुधार गरी त्यहाँबाट भागेर शरणार्थीका रुपमा विभिन्न देशमा रहेका सिरियालीलाई सकुशल घर फर्काउनुपर्छ भन्ने व्यवस्था छ । –एजेन्सी

तपाईको प्रतिक्रिया