शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

स्पेन  – स्पेनको बार्सिलोनामा बिहीबार भएको आतंककारी आक्रमणका मुख्य आरोपी मारिएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । स्पेनको बार्सिलोनामा भएको आक्रमणमा १३ र क्यामब्रिल्समा एक गरी १४ जनाको ज्यान गएको थियो ।

क्यामब्रिल्समा प्रहरीले गरेको कारवाहीको क्रममा पाँचजना मानिसको ज्यान गएको थियो । त्यही क्रममा मारिएका मध्ये बार्सिलोना आक्रमणकारी मुसा ओकाबीर पनि रहेको प्रहरीले पुष्टि गरेको ।

आक्रमणमा संलग्न भएको आशंकामा अरु चारजनालाई पक्राउ गरेको छ । बार्सिलोनाको रामब्लासमा मानिसको भिडमा भ्यान चालउँदा १३ जनाको ज्यान गएको हो । प्रहरीको कारवाहीमा मारिएका ओकाबीर स्पेनिस नागरिक हुन् । तर घटनामा संलग्न धेरैजसो अरु भने मोरक्कोका छन् ।

तपाईको प्रतिक्रिया