शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

यस्तै कुरा पढ्दै गर्दा अक्सर मान्छेहरु मलाई आलोचना गर्न जन्मिएको या अन्याय र विभेदको रौं पनि सहन नसक्ने विद्रोही भन्न सक्छन । दुनियाँमा आरोप जे लगाउन पनि सकिन्छ, जथाभावी बोल्ने र कुरा काटनेको हँसमुख बन्द गर्ने औषधि आजसम्म बने जस्तो लाग्दैन । बने पनि त्यो औषधिले काम गर्ने छैन ।

महान कवि शेक्सपियरले भन्ने गर्थे-“कुरा भन्दा काम बढी गर “। शेक्सपियरको भनाईलाई अनुशरण गरेर जापानीहरु कहाँ पुगे अनि काम भन्दा कुरा बढी गरेर हामी नेपाली कहाँ छौ ? अनि हाम्रो नेपाल कुन स्थितिमा छ मैले भनिराख्न पर्दैन जो तपाई आफै भुक्तभोगी हुनुहुन्छ । न त हामी महान व्यक्तित्व थोरोले भने झैं -“पुरानो कोट लगाएर नयाँ पुस्तक पढ” भन्ने नीतिलाई अवलम्बन गर्न नै सक्यौ । हामी नयाँ कोट लगायौ पुरानो पुस्तक पढ्यौ अनि हुने भनेको अहिले जे भोग्दै छौं त्यही नै हो । यी सबै कुरा चरितार्थ गर्दा मलाई याद आउँछ पूर्वजको थेगो -“घरमा छैन खाने पीठो, बाहर जाले रुमाल” । हामी वैदेशिक रोजगारको शिलशिलामा करीब ७० हजारको हाराहारीमा नेपाली जापानमा छौं । कोही विद्यार्थी कोही कुक त पारिवारिक भिसामा अनि हिमालको थकाली देखि पहाडको पान्डे र मधेशको मधेशी सबै-सबै हामी जापानमा छाैं । केही रहर वाध्यता विवशता र आकांक्षाका चरम सीमा पुरा गर्न आएका छौं ।अब विषयवस्तु तिर नै लागौं धेरै रोईलो गर्नु पनि उचित हुँदैन ।

जापानको नीति नियम अनुसार जापानमा विशेषत: जापानी भाषा नै चल्छ । सच्चा राष्ट्रियता र राष्ट्रवाद भनेको यही नै हाे जापानीहरुको लागि । उनीहरुले आफ्नो धर्म-संस्कार र भाषालाई जति सुकै आधुनिकताको नाममा सुनामी र टोर्नाडो नै आएपनि जोगाएर राखेका छन । बचाएका छन । देश अनुसारको भेष गर्न हामी धेरै नै माहिर छौं सायद समय र ठाँउ अनुसार तुरून्तै बदलिन हामीलाई दुनीयाँको कुनै माईकालालले पनि रोक्न सक्दैन । भाषा बदल्यौं, भेष बदल्यौं, देश बदल्यौं तर विचार र सोचाई हाम्रो पुर्वजको भन्दा पनिअझ प्राचीन छ ।जापानको कम्पनीमा, सरकारी कार्यालयमा हाम्रो नाम अँग्रेजी या नेपालीमा चल्दैन र त भाषा सिक्नु, बोल्नु र लेख्नु हाम्रा रहर हैनन कहर नै हो ।

हिमालको डोल्मा शेर्पा आएर यहाँ शेरुपा दोरुमा, पहाडको रामप्रसाद कंडेल आएर यहाँ कान्देरु पुरासादो रामु अनि तराईको शीतल शाह आएर यहाँ शाहा शीतारु हुनु नियमसंगत, युक्तिसंगत र समय सान्दर्भिक नै छ । जापानको कार्यालयमा अनि काम गर्ने कम्पनीमा याे अनिवार्य नै छ । तर यही नाम ईमो, ईमेल ईन्टरनेट, फेसबुक या टुईटर जस्ता दुनियाको ध्यान केन्द्रित गरेको सामाजिक सन्जालमा राख्नु पर्ने बाध्यता के आईपर्यो होला ? यो सन्जालको दुनियाँमा तपाई हाम्रै भाई साथीसंगी, अंकल-अान्टी बुबा-मुमा, भतीज या ज्ञात अज्ञात सम्वन्धका व्यक्तिहरू धेरै हुनुहुन्छ । कतिपय ज्ञात-अज्ञात आफन्त साथीभाईहरु हामीलाई सन्म्झन, भेटन -कुरा गर्न, अकेलापन मेटाउन सामाजिक सन्जालमा रोमनमा अंग्रेजीमा या नेपालीमा नाम थर सर्च गर्नुहुन्छ । कति बेला थर अघि नाम पछि राखेर पनि सर्च गर्नुहुन्छ तर दिन बित्यो, महिना बित्यो, महिनावारी तलब बुेझेर पनि पैसा सकियो तर सात समुन्द्रपारि भएको आफन्तलाई भेटिएन । साथी बनाउन सकिएन । अत्यारको प्यास मेटाउन सकिएन । कोही नेपाली जानुहुन्छ, अंग्रेजी आउँदैन । कोही अंग्रेजी जान्नु हुन्छ, जापानी जान्नु हुन्न हाम्रो वाध्यता यस्तै यस्तै छन । १/२ कक्षा पढेर गरिबीले वीचमै पढ़ाई छोडेर किसानी पेशा अंगाल्दै ऋण गरेर जापान पठाएको हरी सापकोटा छोराले फेसबुकमा सापकोटा हारी (サプコタ ハリ) लेखिदियो अनि व्यवहारले डामाडोल भएर बाबुले जापान भएको अाफन्तलाई अनुनय विनय गरेर उसकै छोरी बनाएर लगिएकी सीता कंडेलले फेसबुक अनि टुईटरमा कान्देरू सीता (カンデル シタ) लेखिदिईन । उनकै आफन्त संगी र बाबु आमालाई फेसबुकमा नाम खोज्न अनि कुरा गर्न फलामको चिउरा चपाउनु सरह भयो ।

नाम सर्च गरियो भेटिएन -दुख को कुरा । जे छ, जस्तो छ उही ठाँउमा राखेर आफ्नो सानों कमजाेरीले अरु त अरु आफ्नै आफन्तलाई पनि धेरै परिसान नदिनेकी ! यहाँ उल्लेख गरिएका नाम काल्पनिक हुन कसैको जीवनसँग र प्रत्यक्ष नामसँग मेल खान गएमा क्षमाप्राथी छु ।***

तपाईको प्रतिक्रिया