आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् । ४० जना सांसदमध्ये मतदानमा ३५ जना सहभागी थिए । विश्वासको मत लिने प्रस्तावमा ३५ जना मतदानमा सहभागी भएका थिए। कँडेललाई माओवादी केन्द्र, नेकपा एमाले र एकीकृत समाजवादीका सांसदहरुले विश्वासको मत दिएका छन्।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । साथै, राप्रपा, नेकपा एकीकृत समाजवादीका एक/एक र स्वतन्त्र एक सांसद छन् ।

तपाईको प्रतिक्रिया