आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ । प्रहरीका अनुसार करिब दुई साता अघि दुई जना युवकले दुई जना युवती भगाएर लगेको विषयमा अहिलेसम्म दुवै जोडी नआएपछि छोरी पक्षले बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।​

पौडेसरका दुई जना युवतीलाई हंसपुर नगरपालिका–४ का दुई जना युवकहरूले भगाएर लगेको र उनीहरू परिवारको सम्पर्कमा अहिलेसम्म नरहेको बताइएको छ । प्रहरीले आफ्नो छोरीहरू खोज्न पहल नगरेको र केटा पक्षले पनि छोरीहरू खोजी नगरेको भन्दै केटी पक्ष आक्रोशित बनेको हो ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुङ्गा हानेर सिसा फुटाई दिएपछिको स्थिति तनावग्रस्त बनेको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको जनाएको छ । प्रहरीले अहिले स्थिति नियन्त्रणमा आएको बताएको छ ।

 

तपाईको प्रतिक्रिया