शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – आन्दोनलरत अस्थायी शिक्षक र सरकारबीच ४ बुँदे सहमति भएको छ । आज दिउँसो शिक्षा मन्त्रालयमा भएका वार्तामा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र अस्थायी शिक्षकसँगबीच उक्त सहमति भएको हो ।

मन्त्रालय र समितिबीच २०७२ असोज २ गतेसम्मका शिक्षकलाई ‘एक शिक्षक एक पद’को सुविधा प्रदान गर्ने, परीक्षामा अनुतिर्ण हुनेलाई स–सम्मान बिदाइ गर्ने, औषधी तथा बिरामी बिदाको खर्च उपलब्ध गराउने सहमति भएको छ ।

सहमतिपछि अस्थायी शिक्षक संघर्ष समितिका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता भएको समितिका उपाध्यक्ष ज्योतिनारायण ढकालले जानकारी दिनुभयो । सहमतिसँगै अनसनरत शिक्षकहरुले आजै अनसन तोडेका छन् ।

शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले अनसनरत शिक्षकलाई जुस पिलाएपछि अनसन तोडिएको हो । एक सातादेखि राजधानीको भद्रकालीमा पाँच जना अस्थायी शिक्षक अनसनमा बसेका थिए ।

तपाईको प्रतिक्रिया