शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद साग २०१९ को मार्च ९ देखि १८ तारिखसम्म नेपालमा हुने भएको छ । काठमाडौंमा शनिबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३ औं सागको मिति तय गरेको हो ।

१२ औं साग गएको वर्ष भारतमा भएको थियो । हरेक दुई वर्षमा हुने साग गेम नेपालले सन् २०१८ भित्र गर्ने प्रतिवद्धता जनाएको थियो । यस्तै, बैठकले ओलम्पिक काउन्सिलको कार्यालय काठमाडौंमा राख्ने निर्णय पनि गरेको छ ।

प्रतियोगिता आयोजक राष्ट्रमा काउन्सिलको कार्यालय राख्ने र आयोजक राष्ट्रको ओलम्पिक कमिटिको अध्यक्ष नै कार्यालयको प्रमुख हुने व्यवस्था छ ।  बैठकले सागमा कम्तीमा २० देखि २५ वटा खेल समावेश गर्ने निर्णय पनि गरेको छ । प्रतियोगिताका बारेमा थप छलफलका लागि ओलम्पिक कमिटीको अर्को बैठक भुटानमा बस्नेछ ।

तपाईको प्रतिक्रिया