शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – साढे तीन दशकदेखि नेपाल वायुसेवा निगममा जहाज उडाइरहेका एक वरिष्ट क्याप्टेनले ऐन विपरीत अकस्मात राजीनामा दिएपछि विवादमा तानिएको आजको नागरिक दैनिकमा खबर छ । piliot

राष्ट्रिय ध्वजाबहाक जहाजमा ३६ वर्षदेखि जहाज उडाइरहेका वरिष्ट पाइलट रविन्द्र पुरुष ढकालले एक साताअघि राजीनामा दिए पनि व्यवस्थापनले ऐनविपरित भन्दै उनको राजीनामा अस्वीकृत गरेका थिए । निगमले उनको राजीनामा अस्वीकृत मात्र गरेको छैन तुरुन्त काममा फर्कन पत्राचार समेत गरेको छ ।

जहाज अभाव मात्र नभएर क्याप्टेन अभाव पनि खेप्दै आएको निगमले क्याप्टेन ढकालको राजीनामाले ठुलै झड्का लागेको छ । ढकाल निकट स्रोतका अनुसार उनले निगमबाट राजीनामा दिएर निजी कम्पनीको अन्तर्राष्ट्रिय उडान गर्न हिमालयन एयरलाइन्स जाने तयारीमा थिए ।

तपाईको प्रतिक्रिया