बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

अष्ट्रेलिया – अष्ट्रेलियाको जिलोङ क्षेत्रको क्रिस्टिना फुड इभेण्ट एण्ड क्याटरिङ्ग प्रा लि अन्तर्गतको ब्लु माउण्टेन रेस्टुरेन्ट छ महिनाको छोटो अवधिमा नै सर्वाधिक लोकप्रिय रेस्टुरेन्टको रूपमा परिचित भएको छ । Participants

जिलोङ क्षेत्रको धनाढ्यहरुको बस्तीको रूपमा मानिने ओसन ग्रोभमा गत जनवरी १५ तारिखका दिनदेखि जोन योन्जनद्धारा सन्चालनमा ल्याइएको क्याटरिङ्ग प्रा लि अन्तर्गतको ब्लु माउण्टेन रेस्टुरेन्ट छ महिनाको छोटो अवधिमा नै त्यस क्षेत्रका दुई दर्जनभन्दा बढी रेस्टुरेन्टहरुमा तीन सर्वाधिक लोकप्रिय रेस्टुरेन्टको रूपमा आउन सफल भएको हो । ओसन ग्रोभको रोटरी क्लबद्धारा गरिएको एक अध्ययनका आधारमा जोन योन्जनद्धारा सन्चालित ब्लु माउण्टेन रेस्टुरेन्ट, चिनिया नागरिकद्धारा सन्चालित गुब्र र थाइद्धारा सन्चालित चिङ माई थाइ रेष्टुरेन्ट त्यस क्षेत्रका दुई दर्जनभन्दा बढी रेस्टुरेन्टहरुमा सर्बा्धिक लोकप्रियको रूपमा छनोटमा परी जनवरी २७ का दिन साँझ रोटरी क्लबद्धारा ओसन ग्रोभमा आयोजित एक कार्यक्रममा उनीहरूलाई ओसन ग्रोभ आउनका कारण, व्यापार अवस्था, भावी योजना जस्ता कुराहरूमा केन्द्रित भएर आफ्नो व्यवसायको विषयमा प्रस्तुत गर्ने अवसर दिइएको थियो ।

ब्लु माउण्टेनका तर्फबाट आफ्नो व्यवसायका बारेमा प्रस्तुत गर्ने क्रममा जोन योन्जन र रेस्टुरेन्टका मैनेजर सबिता गुरुङले उक्त कार्यक्रममा अतिथिका रूपमा उपस्थित हुनु भएका लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्व संयोजक इ रामकुमार श्रेष्ठको सुझाव अनुसार नेपाललाई बुद्ध र सगरमाथाको देशको रूपमा परिचय समेत दिनु भएको थियो । President's speech

करिब छ महिनाको अवधिमा ३ लाख ११ हजार डलरको कारोबार गरेको ब्लु माउण्टेनमा ११ जना कर्मचारी कार्यरत छन् र यस्ले यही क्षेत्रको वरिपरीमा आफ्नो व्यवसाय बिस्तार गर्ने लक्ष लिएको कुरा प्रस्तुतिको क्रममा जानकारी दिइएको थियो । व्यवसाय बिस्तारको लागि अनुभबी दक्ष जनशक्तिको आवश्यकता पूर्ति आवश्यक पर्दा अस्ट्रेलिया बाहिरबाट समेत ल्याउने तयारी गरिराखेको समेत जानकारी प्रस्तुतिको क्रममा दिइएको थियो ।

तपाईको प्रतिक्रिया