शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

ढाका – बंगलादेशको राजधानी ढाकामा प्रहरीको कारबाहीमा परी ९ जना बिद्रोहीको ज्यान गएको छ । आतंककारी विरुद्ध प्रहरीले चलाएको अभियानको क्रममा उनीहरु मारिएको प्रहरीले जनाएको छ ।

dd

ढाकाको कल्याणपुर क्षेत्रमा रहेका बिद्रोहीका अखडामा आक्रमण गरिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । प्रहरीले सोमबार राति बिद्रोही रहेको एक भवन घेराबन्दी गरेको थियो ।

त्यसपछि गोली हानाहान भएको खबरमा उल्लेख छ । प्रहरीले आज बिहान ६ बजे भवनमा पसेर आक्रमण गरेको हो । त्यसक्रममा ९ जना बिद्रोही मारिएका हुन् । अहिले पनि बिद्रोही विरुद्धको अभियान जारी रहेको ढाका प्रहरीका वरिष्ठ अभिकारी मसुद अहमदले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया