शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

युएई  – चितवन जिल्ला घर भई हाल युएइमा कार्यरत रहेका चितवन बासीहरुको साझा सस्था चितवन समाज युएइले अंग्रेजी नयां बर्ष २०१४ लाई विविध सांस्कृतिक कार्यक्रमको माहौलमा शुभकामना आदान प्रदान र एक बनभोज कार्यक्रममा बिच मनाएका छन ।

चितवनबासीहरु बिच आपसी सहयोग, सदभाव, भाइचारा बढाउने उदेश्यले आयोजना गरिएको उक्त कार्यक्रम दुबईको जावेलपार्कमा भएको हो।

जनवरी ४ तारिख सम्पन बनभोज कार्यक्रममा चितवन तथा अन्य जिल्लाका तिनसय भन्दा धेरै नेपालीहरुको उपस्थिति रहेको थियो।

समाजका अध्यक्ष श्याम पोखरेलको संयोजनमा सम्पन्न भएको कार्यक्रम मनोरन्जनात्मक सांगीतिक तथा बिभिन्न खेलकुद कार्यक्रमहरु भएका थिए। तातो आलु, दर्शक चिट्ठा, हाजिरीजबाफ, लोकदोहोरी, नाचगान गर्दै बनभोजमा रमाइलो गरेका थिए।

नेपाली स्वादको खाना खादै खुल्ला पार्कमा नेपाली लोकबाजा सहितको रमाइलो दृश्य अन्य बिभिन्न मुलुकका नागरिकहरुले पनि अभिरुचीका साथ हेरेका थिए ।

उक्त बनभोज कार्यक्रममा युएइमा रहेका अधिकांश संघसंस्थाका प्रतिनिधि समाजसेबी, कलाकार, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा मनोरन्जनात्मक खेलकुद तथा दर्शक चिट्ठाका विजेताहरुलाई उपहार पनि दिइएको थियो। ***

chitwan samaj new year2014 (34) chitwan samaj new year2014 (9) chitwan samaj new year2014 (43) chitwan samaj new year2014 (28) chitwan samaj new year2014 (27) chitwan samaj new year2014 (26) chitwan samaj new year2014 (24) chitwan samaj new year2014 (22) chitwan samaj new year2014 (19) chitwan samaj new year2014 (6)

तपाईको प्रतिक्रिया