शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
पेरिस (फ्रान्स)– पेरिसमा नेपाल प्रबद्र्धन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली राजदूतावास, पेरिसको आयोजनामा शुक्रबार भएको रमाइलो कार्यक्रममा एसोसिएसन डेस प्यारेन्स इलेभ्स’ संस्थाका २० देशका ६१ जनाको उपस्थिति थियो ।
कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत तथा युनेस्कोका लागि स्थायी प्रतिनिधि मोहनकृष्ण श्रेष्ठले नेपालको प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरुको वर्णन गरेका थिए । उनले भगवान गौतम बुद्धका उपदेशहरु स्मरण गर्दै ती उपदेशले आफ्नो व्यक्तिगत जीवनमा ठूलो परिवर्तन आएको बताए ।
राजदूत श्रेष्ठले नेपालले अघिल्लो वर्ष नेपाल भ्रमण वर्ष आयोजना गरेको बताउदै नेपाल भ्रमणमा जान सहभागीलाई हौसाएका थिए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डको वृत्तचित्र प्रदर्शन गरिएपछि धेरै पर्यटकले नेपाल जाने प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया