शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – नेपाली लोकतान्त्रिक मञ्च (एनडीएफ) जापान क्षेत्र नं. २ (टोकियो कमिटी) को आयोजनामा यही मे २० तारिखमा १९ औं मदन-आश्रित दिवसका अबसरमा हुने बिशेष कार्यक्रममा सहभागी हुन जापान आउन लाग्नुभएका एमाले केन्द्रीय सदस्य एवं पूर्व उर्जामन्त्री गोकर्ण बिष्टसँग टोकियोमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ । उक्त कार्यक्रममा बिष्ट प्रमुख अतिथिका रुपमा सहभागी हुने टोकियो कमिटीका अध्यक्ष देवीलाल भण्डारीले बताएका छन् ।

टोकियो ओमोरीस्थित सेयु बिल्डिङको पाँचौ तल्लाको सभाहलमा दिउँसो ३ बजेदेखि सुरु हुने कार्यक्रमको व्यापक तयारी भइरहेको टोकियो कमिटीका सचिव बुद्धिराज घिमिरेले बताए ।

झलनाथ खनाल नेतृत्वको सरकारमा उर्जामन्त्री रहनुभएका बिष्टले छोटो समयमै लोडसेडिङ कम गर्न र बिद्युत प्राधिकिरणको सुधार गर्न महत्वपूर्ण काम गरि चर्चामा आउनुभएको थियो ।

कार्यक्रममा उर्जामन्त्री बिष्टसँग नेपालको उर्जा संकट, त्यसलाई निरुपण गर्ने उपाय लगायतका बिषयमा जापानमा रहेका नेपालीहरुले अन्तरक्रिया गर्ने अबसर पाउनेछन् । पछिल्लो दिनमा जापानमा रहेका नेपालीहरु नेपालको जलविद्युत विकासमा संलग्न हुने तयारीमा रहेको अवस्थामा बिष्टसँगको अन्तरक्रिया फलदायी हुने कुरा आयोजकले बताएका छन् ।

कार्यक्रमबारे विस्तृत जानकारीः

पूर्वमन्त्री गोकर्ण बिष्टसँग अन्तरक्रिया कार्यक्रम

आयोजकः एनडीएफ जापान, क्षेत्र नं. २ (टोकियो कमिटी)

मितिः २० मे २०१२ आइतबार

स्थानः ओमोरी सेयु बिल्डिङ, पाँचौ तल्ला

सम्पर्कः देवीलाल भण्डारी-०८०-४७१७-४८८६, बुद्धिराज घिमिरे- ०९०-९३९५-१८४३

तपाईको प्रतिक्रिया