शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
काठमाडौं- नेपालको अन्तरिम संविधान, २०६३ को एघारौँ संशोधन गरी राज्य पुनसर्ंरचनाका लागि सुझाव दिन विज्ञहरूको समिति गठन गर्ने विधेयक संसदमा पेस गरिने भएको छ ।
मन्त्रिपरिषद् बैठकले संविधानको धारा १३८ मा राज्य पुनर्संरचनाका लागि आयोग गठन गर्ने उल्लेख भएकोमा त्यसलाई संशोधन गरी सो समिति बनाउने प्रस्ताव संसदमा पठाउने निर्णय गरेको उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री श्रेष्ठले सो समितिको कार्यविधि संविधानसभाले नै तय गर्ने जानकारी दिनुभयो ।
उहाँका अनुसार सोही बैठकले यही कात्तिक २५ गतेदेखि माल्दिभ्समा हुने दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) को सत्रौँ शिखर सम्मेलनमा चारवटा सम्झौतामा हस्ताक्षर गर्न सहमति दिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया