आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य उत्तरायण,शिशिरर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल माघ १ गते विहिबार नेपाल सम्बत ११४१ थिंल्लागा,सन् २०२१ जनवरी १४ तारिक शुक्लपक्ष प्रतिपदा तिथि विहान ९ वजेर २७ मिनेटसम्म (जापानमा मध्यान्ह १२ वजेर ४२ मिनेटसम्म),श्रवण नक्षत्र माघ २ गते विहान ६ वजेर १४ मिनेटसम्म (जापानमा उत्तरषाढा नक्षत्र विहान ९ वजेर २९ मिनेटसम्म उप्रान्त श्रवण नक्षत्र),वज्रयोग,बवकरण,आनन्दादियोग ध्वज,सूर्य मकर राशिमा,चन्द्रमा मकर राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विरोध गर्ने पनि समर्थनमा आउनेछन् । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । उधारो कारोवार नगर्नु होला । सामाजिक उत्तरदायित्व बढ्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): दिन सामान्य देखिन्छ । लगनशिल भई समयमा गरेका कामबाट लाभ लिन सकिनेछ । व्यापार व्यवसायबाट आम्दानी राम्रै हुनेछ । घर परिवारको सहयोग पाईनेछ । आस्था र विश्वास बढ्नेछ । यात्राको योग देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ । घरको वातावरण प्रतिकुल हुन सक्छ । आफुले चाहे जस्ता काम गर्न सकिने छैन । भौतिक सम्पति नास हुन सक्छ । आफन्तमा मतभेद बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको भरमा काम नगर्नु बढि राम्रो हुनेछ । आर्थिक कारोवार गर्दा सजग हुन होला  काममा विलम्ब नगर्नु होला । व्यापारबाट लाभ होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विरोधी बढ्नेछन् कार्य गोपनियता अप्नाई काम गर्नु होला । काम गर्दा बढि मेहनत गर्नु पर्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तबाट अप्ठ्यारो पर्न सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): भ्रमलाई चिरेर काम गर्नु होला । हेलचक्र्याई गरेर काम गर्नु भयो भने आएको अवसर गुम्नेछ । यात्रामा कठिनाई हुनेछ । आम्दानी खर्च बरावरै जस्तो हुनेछ । मानसिक तनाव बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): भौतिक सम्पति नोक्सान हुन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । घर परिवारमा मनमुटाव बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । साथि भाईबाट विश्वास घात हुनसक्छ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कार्य क्षमता घट्ने छैन । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । काम गरेर दाम कमाउने अवसर आउनेछ । घरका काम काजमा भन्द बाहिरी काम काजमा समय बढि लगानी हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): नजिकका मानिसबाट विश्वास घात हुनेछ । संचित धनको नास हुने देखिन्छ । व्यापार व्यवसायबाट खासै लाभ लिन सकिने छैन । प्रयत्नपूर्वक गरेका काम भने केहि सफल हुनेछन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयमा निर्णय लिएर अगाडि बढ्नु पर्ने देखिन्छ । गरेका काम सफल हुनेछन् । आत्मविश्वास बढाउनु पर्ने देखिन्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । महत्वकाँक्षी योजना असफल हुनेछन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): कमाइको तुलनामा खर्च बढि हुनेछ । व्यापार व्यवसायमा विभिन्न खालका समस्या आउनेछन् । मिथ्या कुराले सताउनेछ । खानपानका कारण स्वास्थ्य कमजोर बन्न सक्छ । चोटपटक लाग्न सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समय सामान्य अनुकुल देखिन्छ । उपलब्धिका काममा समय बढि खर्च हुनेछ । नसोचेका ठाँउबाट धन हात पर्न सकछ । व्यापार व्यवसायबाट आम्दानी सन्तोषजनक नै हुनेछ । उधारो रकम उठ्नेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )

तपाईको प्रतिक्रिया