आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,हेमन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल पौष २८ गते भौमबार नेपाल सम्बत ११४१ थिंल्लागा,सन् २०२१ जनवरी १२ तारिक कृष्णपक्ष चतुर्दशी तिथि पूर्वान्ह ११ वजेर ५१ मिनेटसम्म,मूल नक्षत्र विहान ७ वजेर २९ मिनेटसम्म,व्याघातयोग,शकुनीकरण,आनन्दादियोग छत्र,सूर्य धनु राशिमा,चन्द्रमा धनु राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समय सुधारोन्मुख देखिन्छ । काम गर्दा इज्जत प्रतिष्ठाको ख्याल राखेर गर्नु होला । आफ्ना काम भन्दा अरुका काम बढि हुनेछन् तर काम गरेर जश कम मिल्नेछ । लाभदायक यात्राको सम्भावना देखिन्छ । अरुको भरमा मात्रै काम नगर्नु होला । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । आस्था र विश्वास बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समयले साथ दिने छैन । दुःख कष्ट हैरानी बढि हुनेछ । काम गर्दा विचार पु¥याउन सकिएन भने रित्तो हात फर्कनु पर्ला । परिवारमा समस्या बढ्न सक्छन् । व्यापार व्यवसायमा गिरावट आउनेछ । विश्वास र भरोसामा काम गर्न सकिने छैन । वेइमानको हातमा धन पर्न सक्छ सतर्क रहनुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):समयले सामान्य साथ दिनेछ । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । कुरा भन्दा काममा ध्यान दिनुहोला । काम अनुसारको दाम हातमा पर्नेछ । देखिने शत्रु भन्दा नदेखिएका शत्रु बढि हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): साझेदारी भन्दा एक्लौटि व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । तनावले छोड्ने छैन । आहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ । ऋण लगानीमा जोड नदिनु होला । व्यापार बढ्नेछ । काममा प्रतिश्पर्धा गर्नु पर्नेछ । विरोधीको सक्रियता बढ्नेछ । काम गर्दा गोपनियता अप्नाउनु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दोमन गरेर काम नगर्नु होला । समयमा निर्णय लिन सकिएन भने आफुले लिने ठाँउ अरुले लिनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । उच्चमनोबलका साथ काममा लाग्नु होला थोरै सफलता मिल्नेछ । पढाई लेखाईमा अवरोध आउन सक्छ । आफन्तको सहयोग अल्प मिल्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): शरीरि एवं मानसिक दूर्वलता बढ्नेछ । घरका समस्या बढ्ने छन् । अनावस्यक खर्च बढ्नेछ । विवाद रहित काम गर्न सकिने छैन । आफुमा भएको उर्जाको सदुपयोग गर्न सकिने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । विश्वास र भरोसा टुट्नेछ । मनमा शान्ति मिल्ने छैन । घर डेराको समस्या पर्न सक्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्ने जोश जागर बढ्नेछ । उच्च व्यक्तित्वको सुझाव सल्लाहमा काम गर्दा राम्रै हुनेछ । आफ्नै प्रयत्नबाट धेरै काम सम्पादन हुनेछन् अर्थोपाजन हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । साथि भाई इष्टमित्रबाट सहयोग प्राप्त होला । भ्रमलाई चिरेर काम गर्नु होला । घरका समस्याबाट मुक्ति मिल्ने छैन ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आर्थिक लगानीमा जोड नदिनु होला । धन दिएमा फिर्ता नहुन सक्छ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । आफन्तबाट नै विश्वास घात हुन सक्छ । कहि कतैबाट भाग्य खोने प्रयत्न हुनसक्छ सतर्क भएर काम गर्नु होला । मान्य जनको सुझाव सहयोग र आशिर्वाद लिएर काम गर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयमा सुधार आउनेछ । काममा देखिएका समस्या कम हुनेछन् । मनोरञ्जनात्मक काममा खर्च ज्यादा हुनेछ । अरुको भर नपर्नु होला । वित्तिय कारोवारमा सानातिना समस्या देखिने छन् । भोज भतेरको निम्तो आउन सक्छ । स्पष्ट बोल्दा घाटा हुनेछ । कार्य गोपनियता अप्नाएर काम गर्नु होला । धन दिएर शत्रु नबढाउनु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काम गर्ने विश्वासिलो बातावरण बन्ने छैन । दूर्जनले दुःख दिनेछन् । पारिवारिक समस्या बढ्नेछन् । व्यर्थका काममा समय खर्च हुनेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । फजुल खर्च बढ्नेछ । झुट्टा आरोप लाग्न सक्छ । जोखिम मोलेर काम नगर्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयले साथ दिनेछ । हिजो विरोध गर्ने आज मित्र बनेर आउने छन् । आफन्तका कारण लाभान्वित हुनुहुनेछ । काममा ढिला सुस्ति नगर्नु होला समयमा गरेका काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ क्षेत्र देखिने छन् । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै होला । मांगलिक काम हुनेछन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): गतिरोधको अन्त्य हुनेछ । सक्रियताले सफलताको शिखर चढन पाईनेछ । कुटनैतिक विधि अप्नाएर अगाडि बढ्नु होला । सहज र सरल विधिबाट कार्य योजना अगाडि बढ्ने छन् । सहयोगी हात भेटिने छन् । काम गरेर प्रशस्त धन कमाउने योग देखिन्छ । परिवारबाट सहयोग पाईनेछ । सामाजिक काममा सक्रियता बढ्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )

तपाईको प्रतिक्रिया