आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य उत्तरायण,शिशिरर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल माघ २ गते शुक्रबार नेपाल सम्बत ११४१ थिंल्लागा,सन् २०२१ जनवरी १५ तारिक शुक्लपक्ष द्वितीया तिथि विहान ८ वजेर ५४ मिनेटसम्म (जापानमा मध्यान्ह १२ वजेर ९ मिनेटसम्म ),धनेष्ठा नक्षत्र माघ ३ गते विहान ६ वजेर ४४ मिनेटसम्म (जापानमा श्रवण नक्षत्र विहान ९ वजेर २९ मिनेटसम्म उप्रान्त धनेष्ठा नक्षत्र), सिद्धियोग, कौलवकरण, आनन्दादियोग धाता, सूर्य मकर राशिमा, चन्द्रमा साँझ ६ वजेर २५ मिनेटसम्म (जापानमा राती ९ वजेर ४० मिनेटसम्म) मकर उप्रान्त कुम्भ राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): परिस्थितिलाई वुझेर मात्र काममा हात हाल्नु होला । कार्य क्षमतामा वृद्धि हुनेछ । व्यापार व्यवसायमा प्रगतिका सम्भावना देखिने छन् । गीत संगितमा अभिरुची बढ्नेछ । मान्य जनको प्रेरणा,सहयोग सहानुभूति मिल्नेछ । मनलाई नियन्त्रण गरि अगाडि बढ्नु होला । सक्रियताबाट मात्र गन्तव्यमा पुगिनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): काममा सहजीकरण गरि दिने कोहि हुने छैन । उपलब्धि विहिन काममा समय बढि खर्च हुनेछ । परोपकारले पेट भरिने छैन । व्यापार व्यवसायबाट उचित प्रतिफल मिल्ने छैन । आत्म विश्वासको कमि देखिन्छ । यात्राको सम्भावना देखिन्छ । आफन्तले पराईको व्यवहार गर्ने छन् । तर अपरान्हबाट कामले गति लिनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): उपलब्धिको संरक्षण गर्न सकिने छैन । आफन्त सँगको विश्वास र भरोसा टुट्नेछ । लगनाी अनुसारको व्यापार व्यवसायबाट उपलब्धि हात लाग्ने छैन । अन्तिम चरणमा पुगेका काम पनि रोकिने छन् । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । लेनदेन कारोवार विग्रिन सक्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समय र धनको सदुपयोग गरेर अगाडि बढ्नु होला । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसरको खोजी हुनेछ । अध्यात्मिक भन्दा भौतिक सम्पतिको लालसा बढ्नेछ । मनमा सुख,शान्ति थोरै मिल्नेछ । गीत,संगित तथा कला सहित्यमा अभिरुची बढ्नेछ । मध्यान्हबाट काममा अवरोध आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समय सुधारोन्मुख छ । तिव्र इच्छा शक्तिको खाचो देखिन्छ । लगनशिलता भङ्ग गरेर काम नगर्नु होला । काममा विरोधीको बक्रदृष्टि पर्नेछ । पढाई लेखाईमा प्रगति कम हुनेछ । मिलेर काम गर्दा विवाद बढि हुनेछ । प्रतिश्पर्धा गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । धार्मिक आस्था र विश्वास बढ्नेछ । कुरा भन्दा काममा जोड दिनुहोला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): अस्थिरताले अनिष्ट निम्त्याउने हुदा मनलाई नियन्त्रण गरि कर्म क्षेत्रमा जानु होला । कहि,कतै र कोहिबाट इज्जत प्रतिष्ठामा आच आउने काम हुनसक्छ । राजनीति औजार प्रयोग गरेर दुःख दिन खोज्नेहरु आफै त्यो पासोमा पर्ने छन् । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । काम गर्र्न स्वास्थ्यले साथ कम दिनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अनुकुल वातावरणमा काम गर्न पाईने छैन । प्रतिकुल परिस्थितिको सामना गनुृ पर्नेछ । आफ्नै कारण काममा ढिला सुस्ति हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । विपरित लिङ्गिबाट सहयोग मिल्नेछ । घरका समस्या समाधान गर्न गाह्रो गाह्रो हुनेछ । विचारको खडेरी पर्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अरुलाई पनि विश्वासमा लिएर काम गर्दा आफैलाई फाइदा हुनेछ । काम गर्दा साथी भाईको सहयोग मिल्नेछ । संघर्षबाट सफलताको शिखर चढिनेछ । परिश्रमको अन्तिम परिणाम सुखद रहनेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । शैक्षिक गतिविध अगाडि बढ्ने छन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): दयाको भिख नमाग्नु होला उल्टो अपहेलित हुनु पर्नेछ । समस्याबाट टाढा नभागि अगाडि बढ्नु भयो भने मात्र मिशनमा पुग्न सक्नु हुनेछ । आर्थिक प्रलोभनमा परेर वाह्य व्यक्तिसँग कुनै आर्थिक कारोवार नगर्नु होला । स्पष्ट वोल्दा आफैलाई नोक्सना हुनेछ । व्यापार व्यवसायमा सामान्य उतार चढाव आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): उपलब्धि हासिल गर्न काममा स्थायीत्व दिनुपर्ने देखिन्छ । जीवन साथीको सहयोग लिएर काम गर्दा थोरै फाइदा हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ । धन लगानीमा धेरै जोड नदिनु होला । इच्छा र आकाँक्षा केहि पुरा हुनेछन् । मिलेर काम नगर्नु होला । भोज भतेरमा सहभागिताको लागि निमन्त्रणा आउनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): असहज स्थितिको सृजना हुनेछ । काम गर्ने बातावरण खलबलिनेछ । खोक्रो आश्वासन पाईनेछ । चोटपटकको भय देखिन्छ । काम गर्दा सुरक्षित विधि अप्नाउनु होला । आशा र भरोसा टुट्नेछ । अराजनैतिका व्यक्ति भेटिने छन् । आर्थिक कारोवारमा ध्यान दिनुहोला । अपरान्हबाट समयमा सुधार आउनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समयको महत्व वुझेर काम गर्नु होला उपलब्धि राम्रै हात लाग्नेछ । प्रयास र प्रयत्नबाट धेरै काम बन्ने छन् । अरुको भरमा मात्रै काम नगर्नु होला । अध्ययन कार्यमा भन्दा आर्थिक कार्यमा बढि दखल हुनेछ । कामको विचमा विचार परिवर्तन नगर्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । अपरान्हबाट समय प्रतिकुल हुनेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया