सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,वर्षर्तुः, प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल श्रावण २५ गते रविबार नेपाल सम्बत ११४० गुंलागा, तदनुसार सन् २०२० अगस्त ९ तारिक कृष्णपक्ष षष्ठी तिथि राती ४ वजेर १५ मिनेटसम्म (जापानमा पञ्चमी तिथि विहान ५ वजेर ३३ मिनेटसम्म उप्रान्त षष्ठी तिथि), रेवती नक्षत्र अपरान्ह ६ वजेर ८ मिनेटसम्म (जापानमा राती ९ वजेर २३ मिनेटसम्म), धृतियोग, गरकरण, आनन्दादियोग प्रर्वद्ध, सूर्य कर्कट राशीमा, चन्द्रमा अपरान्ह ६ वजेर ८ मिनेटसम्म (जापानमा राती ९ वजेर २३ मिनेटसम्म) मीन उप्रान्त मेष राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । अपरान्ह पूर्व गरेका काम कम सफल हुनेछन् । काम गर्दा हेलचक्र्याई नगर्नु होला । खर्च विवाद आदिबाट जोगिनु होला । साँझबाट समयमा क्रमिक सुधार आउनेछ । थोरै राहत मिल्नेछ । कार्य लगनशिलता बढ्नेछ । अनावस्यक खर्चमा कमि आउनेछ । अरुको भर भने धेरै नपर्नु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): दिनको अधिकाँश समय अनुकुल जस्तै देखिन्छ । समयको ख्याल राखेर काम गर्नु होला नत्र आएको अवसर पनि गुम्न सक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । अपरान्ह पछिको समय तपाईको अनुकुल रहने छैन । विभिन्न समस्या आउने छन् । खर्चमा वृद्धि हुनेछ । विश्वासमा धोका हुनेछ । व्यापार घट्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): समग्रमा दिन अनुकुल देखिन्छ । कार्य सम्पादनका हिसावले पूर्वान्ह ठीक देखिन्छ । सहज,सरल तरिकाबाट कार्य सम्पादन हुनेछन् । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । घरको वातावरण त्यति अनुकुल नहुन सक्छ । आपरान्ह आय आर्जनका हिसावले शुभ रहला । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयमा क्रमिक सुधार आउनेछ । काममा देखिएका समस्या कम भएर जानेछन् । ऋण लगानी नगर्नु होला । स्पष्ट वोल्दा आफैलाई घाटा हुनसक्छ विचार पु¥याउनु होला । पठन पाठनमा सामन्य प्रगति हुनेछ । तनावमा थोरै कमी आउनेछ । विशेष गरेर अपरान्ह पछिको समय बढि अनुकुल हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सकरात्मक भन्दा नकरात्मक काम बढि हुने देखिन्छ । उपलब्धिका काममा अवरोध आउनेछ । आस्था र विश्वास घट्नेछ । विना उपलब्धिका काममा धन र समय लगानी हुनसक्छ । नकरात्मक सोच बढ्नेछ । मध्यान्ह पछि समयमा सामान्य सुधार आउनेछ । तनावमा कमि आउनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): दिनको धेरै जसो समय अनुकुल नै देखिन्छ । काममा विलम्ब गर्नु भयो भने अवसर गुम्नेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । विशेष गरेर अपरान्ह पछिको समय आफ्नो अनुकल रहने छैन । बन्न लागेका काम विग्रिन सक्छन् । व्यापार व्यवसायमा गिरावट आउनेछ । दुखद समाचार सुन्नु पर्नेछ ।

 

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विवादको अन्त्य हुनेछ । परिश्रमको प्रतिफल राम्रो निस्कनेछ । लगनशिलता बढाउनु होला गरेका अधिकाँश काम सफल हुनेछन । स्वव्यवसायमा उन्नति प्रगतिका सम्भावना बढि देखिने छन् । आफन्तको सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दुविधामा नपरि काम गर्नु होला अवस्य गरेका कामबाट लाभ लिन सकिनेछ । पढाई लेखाईका कारण टाउको दुख्नेछ । सहयोग गर्ने टाढा हुनेछन् । साना साना काम सम्पन्न गर्न पनि धेरै मेहनत गर्नु पर्नेछ । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): धन सम्पति नास हुने योग छ । लेनदेन कारोवारमा विवाद पर्न सक्छ । शरीरिक शिथिलता बढ्नेछ । अरुको काम गरेर जश पाईने छैन । व्यापार व्यवसायमा हानी हुनसक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): प्रातःकालमा गरेका धेरै जसो काम सफल हुनेछन् भने मध्यान्ह पछिको समय भने त्यति अनुकुल हुने छैन । काम गर्ने उत्साहामा कमी आउनेछ । काम अनुसारको दाम हात पार्न कठिन होला । व्यापार व्यवसायमा गिरावट आउनेछ । विश्वास र भरोसा टुट्न सक्छ । समस्या बढ्ने छन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयको गति सगै काममा प्रगति हुनेछ । लेनदेनका विषयमा भने सचेत हुन आवस्यक देखिन्छ । लगनशिलता बढ्नेछ । प्रतिद्वन्दी आफै पछाडि पर्ने छन् । व्यापार व्यवसायमा सुधार आउनेछ । सामान्य खालको सहयोग मिल्नेछ । पढाई लेखाईमा सुधार आउनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समयको ख्याल राखेर काम गर्नु होला । अलमलमा गोलमाल हुनसक्छ सचेत हुनु आवस्यक छ । नोकरी तथा राजनीतिमा सोचे जस्तो सफलता मिल्ने छैन । आर्थिक क्षेत्रमा प्रगति कम होला । रमाईलोमा भुल्दा उपलब्धिका काम हिड्ने छन् । व्यापार व्यवसायमा मन्दि लाग्न सक्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया