आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,वर्षर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल श्रावण ५ गते सोमबार नेपाल सम्बत ११४० दिल्लागा तदनुसार,सन् २०२० जुलाई २० तारिक कृष्णपक्ष औसी तिथि राती १० वजेर ४४ मिनेटसम्म (जापानमा राती १ वजेर ४९ मिनेटसम्म), पुनर्वसु नक्षत्र राती ९ वजेर ५४ मिनेटसम्म (जापानमा राती १ वजेर ९ मिनेटसम्म ),हर्षणयोग,चतुष्पदकरण,आनन्दादियोग धूम्र,सूर्य कर्कट राशीमा,चन्द्रमा अपरान्ह ३ वजेर ५४ मिनेटसम्म (जापानमा साँझ ७ वजेर ९ मिनेटसम्म) मिथुन उप्रान्त कर्कट राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अनुकुलता विस्तारै कम हुने देखिन्छ । समयको सदुपयोग गर्नु होला । विशेष गरेर अपरान्ह पूर्वको समय थोरै अनुकुल होला । यत्न पूर्वक गरेका काम सफल हुनेछन् भने साँझपख समय प्रतिकुल बन्नेछ । बन्न लागेका काममा अवरोध आउन सक्छ । अनावस्यक विषयलाई लिएर चिन्ता बढ्नेछ । खर्चमा वृद्धि हुनेछ एवं सहयोगी टाढा हुनेछन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): अपरान्ह सम्म समय ठीकै ठीकै देखिन्छ । कामले त्यति गति लिने छैन । उप्रान्त समय अनुकुल बन्नेछ । काम गर्ने उत्साहामा थोरै वृद्धि हुनेछ । पुराना काम क्रमश फस्र्योट हुदै जनेछन् । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । मित्रबाट सहयोग मिल्नेछ । अग्नि तत्व प्रदान काम बढि फलदायी हुनेछन् । पठन पाठनमा थोरै ध्यान जानेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): अपरान्ह पूर्व काम गर्दा जति सहज हुनेछ त्यति पछि हुने छैन तर प्रयास र प्रयत्नहरु भने थोरै सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । साँझपख संचित धनमा ह्रास आउनेछ । आफन्त नै भए पनि वित्तिय कारोवार गर्दा सतर्क रहनु होला । नयाँ क्षेत्रमा लगानी नगर्नु होला । बढि महत्वकाँक्षी नबन्नु होला दुःख पाईनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अपरान्ह पूर्वको समय त्यति अनुकुल देखिन्न । लगानीका काममा जोड नदिनु होला । अरुको भरमा मात्रै काम नगर्नु होला । अपरान्ह पछि समयमा थोरै सुधार आउनेछ । काममा देखिएका समस्या कम हुदै जानेछन् । काम प्रतिको चासो र लगाव बढ्नेछ । अनावस्यक खर्चमा थोरै कमि आउनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समय प्रतिकुल बन्दै छ काममा ढिला सुस्ति नगर्नु होला । मध्यान्ह पूर्व गरेका गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । भने अपरान्ह पछिको समय अत्यन्त प्रतिकुल देखिन्छ । जोखिम पूर्ण यात्रा नगर्नुहोला । आर्थिक कारोवारमा सावधान रहनुहोला । व्यापार अरोलो लाग्नेछ । अशुभ समाचार सुन्नु पर्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): मनले चिताएका केहि काम हुनेछन् । गरेका ७५ प्रतिशत काममा सफलता मिल्ने योग छ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ र प्रयत्न गरेमा मिल्न सक्छ । व्यापार व्यवसायमा सामान्य उन्नति प्रगति हुनेछ । नसोचेका ठाँउबाट सहयोग मिल्न सक्छ । वोलीको भरमा धेरै काम हुनेछन् । संचित धन बढ्नेछ ।

 

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मध्यान्ह सम्म समय कमजोर देखिन्छ । कामले गति लिने छैन । के गर्ने के नगर्ने भन्ने अन्योलतामा नै समय जानेछ । भने अपरान्ह देखि समय थोरै अनुकुल हुनेछ । अवरुद्ध कामले विस्तारै गति लिनेछ । लगनशिलता र कार्य क्षमता बढ्नेछ । अविश्वास हटेर जानेछ । कुनै कुराको निर्णय लिनु पूर्व तयारी र अध्ययन आवस्यक देखिन्छ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समयले पूर्ण साथ दिने देखिन्न । परिश्रमको मुल्य पाईने छैन । लगानी अनुसारको प्रतिफल पाउन गाह्रो हुनेछ । अपरान्हबाट भने समयमा सामानय सुधार आउनेछ । मानसिक तनावमा थोरै कमि आउनेछ तर कामले भने खासै गति लिने देखिन्न । नयाँ काममा हात नहाल्नु होला । अरुको काममा समय बढि लगानी हुनेछ । दान दिनुपर्ला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): कुनै काम गर्नु छ भने समयमा गर्नु होला । पूर्वान्हमा गरेका धेरै जसो काम सफल हुने देखिन्छ । अपरान्ह देखि भने समयले कम साथ दिनेछ । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । अशुभ समाचार सुन्नु पर्नेछ । काममा ढिला सुस्ति हुनेछ । अनावस्यक काममा समय र धन खर्च हुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): माया मोहमा कुनै काम हुने छैनन,कर्ममा जोड दिनु होला । आफन्तबाट आर्थिक चलखेल बढि हुनसक्छ । मुद्धा मामिलामा जीत हुनेछ । अपरानह देखि समय थोरै अनुकुल हुनेछ । दैनिक काम काज अगाडि बढ्नेछन् । नयाँ परिस्थितिको सृजना हुनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । आयत निर्यात व्यापारमा सुधार आउनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): सोचे जस्तो कहि कतै हुने छैन । साना साना काम सम्पन्न गर्न पनि धेरै संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । भय आतुरमा काम नगर्नु होला विग्रिने छन् । विरोधीको सामना गर्नु पर्ला । कार्य गोपनियता अप्नाई काम गर्नु होला । काम गर्ने सहज बातावरण बन्ने छैन । शैक्षिक मार्ग थोरै खुल्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): कल्पना,आशा र भरोसा मिथ्या सावित हुने देखिन्छ । सहि समयामा सहि निर्णय लिन नसक्दा अवसर फुत्किने सम्भावना त्यत्ति कै रहला । कर्म गर्दा सतर्क रहनुहोला आफ्नो ठाँउ अरुले लिन सक्छन् । घरयासी समस्याले फुर्सद दिने छैन । सहजीकरण गरिदिने कोहि हुने छैन । व्यापार व्यवसायबाट सामान्य सुधार आउनेछ । शैक्षिक मार्ग कमजोर देखिन्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया