Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं– एमाले पोलिट्ब्युरो सदस्य रामचन्द्र झाले सभासद् बनाए पनि नेता केपी शर्मा ओली प्रधानमन्त्री हुने ग्यारेण्टी नभएको बताएका छन् ।
‘सभासद् भए पनि ओली प्रधानमन्त्री हुने के ग्यारेण्टी छ?,’ उनले सञ्चारकर्मीसँग भने, ‘यो हावादारी कुरा हो ।’ उनले ओलीको नाममा राष्ट्रिय सहमति भए उनलाई कसैले सभासद् बन्न नरोक्ने दाबी गरे ।
पूर्व स्थानीय विकासमन्त्री झाले एउटा नेताका नाममा निर्वाचित सभासद्लाई राजीनामा नगराउन नमिल्ने बताए । ‘यसले झन् समस्या खडा गर्छ,’ उनले भने ।
नेता झाले संखुवासभा क्षेत्र नम्वर २ बाट निर्वाचित सभासद् डम्बरबहादुर खड्काको स्थान खाली भएकाले त्यसमै चुनाव लडेर आउन ओलीलाई सुझाव दिए । उनले एमालेमा एकतासँगै लेनदेन भने नभएको दाबी गरे ।
तपाईको प्रतिक्रिया