Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
Baburamगोरखा- चुनाव विरोधी क्रियाकलाप गरिरहेको नेकपा–माओवादीले पूर्वप्रधानमन्त्री एमाओवादी नेता तथा गोरखा क्षेत्र नम्बर १ का उम्मेद्वार डा. बाबुराम भट्टराईलाई कारबाही गर्ने धम्की दिएको छ । 
सोमबार राती पत्र नै बुझाएर नेकपा–माओवादीले विभिन्न सात वटा कारण उल्लेख गर्दै भट्टराईलाई कारबाही गर्न लागेको जनाएको छ । यद्यपि पत्रमा कस्तो प्रकारको कारबाही भन्ने बारे उल्लेख गरिएको छैन  ।
पत्रमा उत्पीडित, जनसमुदाय र क्रान्तिलाई भट्टराईले धोका दिएको, साम्राज्यवादी तथा विस्तारवादी शक्तिको योजना र निर्देशनमा राष्ट्रिय सहमति विना असंवैधानिक र अलोकतान्त्रिक ढंगले राजनीतिक प्रक्रिया अगाडि बढाएको आरोप लगाइएको छ ।
सर्वहारा वर्गको प्रतिनिधि भएर सुकुम्बासी जनताको बस्तीमा क्रुर ढंगले डोजर लगाएको, संविधान सभाको कथित दोस्रो निर्वाचन गर्ने बहानामा नेपाली जनसमुदायमाथि सेना परिचालन गर्न मतियार बनेको, सेना समायोजनको नाममा हजारौँ शहिदको बलिदानीबाट निर्माण भएको जनमुक्ति सेनालाई बिघटन गराएको, जुवा खेलेँ  भन्दै भारतसँग राष्ट्रघाती बिप्पा सम्झौता गरेको र राष्ट्रिय स्वाधिनतालाई तिलाञ्जली दिँदै देशलाई सिक्किमीकरणको दिशामा लगेको, गृहयुद्धमा धकेल्ने प्रयास गरेको आरोप लगाइएको छ । ***
तपाईको प्रतिक्रिया