Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार साँझ काठमाडौंको थली क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

भुसालले लामिछानेलाई भेट्न कास्की प्रहरी कार्यालय पुगेका बेला सिसिटिभीमा देखिएको तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेको स्वीकार गरेका छन् । फेसबुक लाइभ मार्फत भुसालले भनेका थिए, ‘मैले प्रहरीकै सिसिटिभीमा देखेर फोटो खिचेको हुँ। त्यो बेला कसैले केही भनेन । गल्ती भएको स्विकार्छु ।’

यो पनि : प्रहरीकै अगाडि रविको फोटो सिसिटीभीमा खिचेको हुँ : निकोलस (भिडिओ)

यस घटनाले सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले छानबिनको निर्देशन दिएका थिए । कास्की प्रहरीले विज्ञप्ति जारी गर्दै भुसालको यो कार्य साइबर कानुनको उल्लंघन भएको जनाएको छ । पक्राउ परेका भुसाललाई थप अनुसन्धानका लागि पोखरा पठाइने तयारी भइरहेको छ ।

यो घटनाले हिरासतमा रहेका व्यक्तिको गोपनीयता र सुरक्षा व्यवस्था सम्बन्धी बहसलाई पुनः सतहमा ल्याएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया