Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं – सन् २०२४ मा रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा ३ हजार १ सय २६ जना नेपाली परीक्षार्थी सफल भएका छन् । यस पटक उत्पादन क्षेत्रमा काम गर्न दक्षिण कोरिया जान इच्छुक २६ हजार सहभागीहरूमध्ये यो परिणाम प्राप्त भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

वैदेशिक रोजगार विभागको इपिएस शाखाका अनुसार यस पटकको नतिजा तीन चरणको भाषा परीक्षणपछि प्रकाशित भएको हो । कोरियाको मानव संसाधन विभाग (एचआरडी) ले सम्भावित सूचीमा रहेका युवाहरूको घट्दो सङ्ख्यालाई मध्यनजर गर्दै नतिजा छिट्टै सार्वजनिक गरेको जनाएको छ ।

भाषा परीक्षामा १ लाख ६३ हजार ६ सय ३५ जना नेपालीले आवेदन दिएका थिए । तीमध्ये, तीन चरणको प्रक्रियाबाट १६ हजार ४ सय जनालाई छनोट गर्ने लक्ष्य राखिएको छ । पहिलो र दोस्रो चरणको परीक्षा सम्पन्न भइसकेको र केही उत्तीर्ण युवाहरू कोरियामा काम गर्न समेत पुगिसकेका छन् ।

इपिएस शाखाका सूचना अधिकारी कमलराज श्रेष्ठका अनुसार भाषा परीक्षामा उत्तीर्ण भएकाहरूका लागि सिप परीक्षाको तालिका छिट्टै सार्वजनिक गरिनेछ । पहिलो चरणका उत्तीर्णहरू कोरियाको रोस्टरमा रहेकाले त्रैमासिक रूपमा छनोट गरिने प्रक्रिया अपनाइएको छ ।

सन् २०२४ का लागि कोरियाले नेपालका लागि इपिएस कोटा बढाएको छ । यसले गर्दा सन् २०२५ मा अझ बढी नेपाली युवाहरूले कोरियामा रोजगारीका अवसरहरू पाउने सम्भावना रहेको अधिकारीहरूले बताएका छन् । तेस्रो चरणको यो भाषा परीक्षा पुस २ गते सम्पन्न भएको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया